विश्व इतिहासमा आज : ‘इलेक्ट्रोकुशन’मार्फत मृत्युदण्डदेखि माउन्ट टोंगारिरोको ज्वालामुखी विष्फोटसम्म « Khabarhub

विश्व इतिहासमा आज : ‘इलेक्ट्रोकुशन’मार्फत मृत्युदण्डदेखि माउन्ट टोंगारिरोको ज्वालामुखी विष्फोटसम्म


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल साउन २१ गते शनिबार । सन् २०२२ को अगस्ट ६ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २०१२ अगस्ट ६ मा न्यूजिल्याण्डको माउन्ट टोंगारिरोको ज्वालामुखी १ सय १५ वर्षपश्चात विष्फोट भएको थियो । त्यसअघि यो ज्वालामुखी सन् १८९७ मा विष्फोट भएको थियो ।

सन् २००८ अगस्ट ६ मा मौरिटानियामा छैटौँ कु भएको थियो । सन् १९७८ पश्चातको भएको यो छैटौँ कुमा राष्ट्रपति औल्ड शेख अब्दल्लाहिलाई हटाएर जनरल मोहम्मद औल्ड अब्देल अजिजलाई नियुक्त गरिएको थियो ।

सन् १९७३ अगस्ट ६ मा अमेरिकी गायक स्टिभी वन्डर कार दुर्घटनामा परेका थिए । आफ्नो नयाँ साङ्गितिक एल्बमको लागि दुरहामको एक रेडियो स्टेसनतर्फ जाँदै गर्दा सो दुर्घटनाका कारण वन्डर ४ दिन कोमामा गएका थिए ।

सन् १९९७ अगस्ट ६ मा माइक्रोसफ्टले संघर्षरत प्रतिद्धन्दी एप्पलको स्टोक्समा १ सय ५० मिलियन अमेरिकी डलर लगानी गर्ने निर्णय गरेको थियो ।

सन् १९६५ अगस्ट ६ मा राष्ट्रपति लिन्डन बी. जोन्सनले मतदान अधिकार ऐनमा हस्ताक्षर गर्दै संयुक्त राज्य अमेरिकाको कानुनमा परिणत गरे । यस नियमले अमेरिकाको संविधानमा १४ औँ र १५ औँ संशोधनहरुलाई लागु गरेको थियो ।

सन् १९६२ अगस्ट ६ मा संयुक्त अधिराज्यको अधिनबाट जमाइकाले स्वतन्त्र प्राप्त गर्‍यो । १६ औँ शताब्दीको शुरुवातमा स्पेनले जमाइकालाई अतिक्रमण गरेको थियो । सन् १९६५ मा बेलायतले जमाइकालाई आक्रमण गर्‍यो । जमाइकामा उखु रोप्न सूरु गरेपश्चात बेलयालयतको लागि सो राष्ट्र फाइदाजनक कोलोनी बन्यो ।

सन् १९४५ अगस्ट ६ मा दोस्रो विश्व युद्धको दौरान एक अमेरिकी बी–२९ बम्बरले जापानको हिरोशिमामा विश्वको पहिलो परमाणु बम प्रहार गरे । तुरुन्तै ८० हजार मानिसको मृत्यु भयो भने ‘रेडियेसन एक्सपोजर’ का कारण दशौँ हजार मानिसले ज्यान गुमाए । यसको ३ दिनपश्चात नागासाकीमा दोस्रो परमाणु बम प्रहार हुँदा करिब ४० हजार मानिस मारिएका थिए ।

सन् १९२६ अगस्ट ६ मा १९ वर्षीया गेरट्रयुड एडर्लीले दोस्रो प्रयासमा इङ्लिश च्यानल पार गर्ने पहिलो महिला बने । इङ्ल्याण्डको डोभरदेखि केप ग्रिज–नेज करिब २१ माइल्सको दुरी गेरट्रयुडले तय गरे । अमेरिकी ओलम्पियन गेरट्रयुडले १४ घण्टा ३४ मिनेटमा सो दुरी पुरा गरे ।

सन् १९१४ अगस्ट ६ मा संयुक्त राज्य अमेरिकाका २८औँ राष्ट्रपति वुडरो विल्सनकी पत्नी एलेन विल्सनकोे मृत्यु भएको थियो । एलेनको मृत्यु ‘ब्राइट्स डिजिज’ का कारण भएको थियो ।

सन् १८९० अगस्ट ६ मा न्यूयोर्कको अटबर्न कारागारमा आफ्नो प्रेमिका मटिल्डा जिग्लरलाई बन्चरोले हानेर हत्या गरेको अपराधका लागि विलियम केम्लरलाई ‘इलेक्ट्रोकुशन’मार्फत मृत्युदण्डको सजाय दिइएको थियो । दण्डको पहिलो प्रयासमा केम्लरलाई कुर्सीमा बाँधेर ७०० भोल्टको बिजुलीको झट्का करिब १७ सेकेन्डसम्म दिइएको थियो । सो झट्का कम प्रभावकारी भएका कारण दोस्रो प्रयासमा १,०३० भोल्टको झट्का २ मिनेटको लागि दिएसँगै केम्लरको ज्यान गएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ६ : ५७ बजे

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

मोरङ– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका-६ बस्ने २७

लुटपाटमा संलग्न रहेको अभियोगमा चारजना पक्राउ

काठमाडौं–  लुटपाटमा संलग्न रहेको अभियोगमा चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सवारीसाधनमा जडान गरिएको कालो सिसा