विश्व इतिहासमा आज : ‘इलेक्ट्रोकुशन’मार्फत मृत्युदण्डदेखि माउन्ट टोंगारिरोको ज्वालामुखी विष्फोटसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : ‘इलेक्ट्रोकुशन’मार्फत मृत्युदण्डदेखि माउन्ट टोंगारिरोको ज्वालामुखी विष्फोटसम्म


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल साउन २१ गते शनिबार । सन् २०२२ को अगस्ट ६ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २०१२ अगस्ट ६ मा न्यूजिल्याण्डको माउन्ट टोंगारिरोको ज्वालामुखी १ सय १५ वर्षपश्चात विष्फोट भएको थियो । त्यसअघि यो ज्वालामुखी सन् १८९७ मा विष्फोट भएको थियो ।

सन् २००८ अगस्ट ६ मा मौरिटानियामा छैटौँ कु भएको थियो । सन् १९७८ पश्चातको भएको यो छैटौँ कुमा राष्ट्रपति औल्ड शेख अब्दल्लाहिलाई हटाएर जनरल मोहम्मद औल्ड अब्देल अजिजलाई नियुक्त गरिएको थियो ।

सन् १९७३ अगस्ट ६ मा अमेरिकी गायक स्टिभी वन्डर कार दुर्घटनामा परेका थिए । आफ्नो नयाँ साङ्गितिक एल्बमको लागि दुरहामको एक रेडियो स्टेसनतर्फ जाँदै गर्दा सो दुर्घटनाका कारण वन्डर ४ दिन कोमामा गएका थिए ।

सन् १९९७ अगस्ट ६ मा माइक्रोसफ्टले संघर्षरत प्रतिद्धन्दी एप्पलको स्टोक्समा १ सय ५० मिलियन अमेरिकी डलर लगानी गर्ने निर्णय गरेको थियो ।

सन् १९६५ अगस्ट ६ मा राष्ट्रपति लिन्डन बी. जोन्सनले मतदान अधिकार ऐनमा हस्ताक्षर गर्दै संयुक्त राज्य अमेरिकाको कानुनमा परिणत गरे । यस नियमले अमेरिकाको संविधानमा १४ औँ र १५ औँ संशोधनहरुलाई लागु गरेको थियो ।

सन् १९६२ अगस्ट ६ मा संयुक्त अधिराज्यको अधिनबाट जमाइकाले स्वतन्त्र प्राप्त गर्‍यो । १६ औँ शताब्दीको शुरुवातमा स्पेनले जमाइकालाई अतिक्रमण गरेको थियो । सन् १९६५ मा बेलायतले जमाइकालाई आक्रमण गर्‍यो । जमाइकामा उखु रोप्न सूरु गरेपश्चात बेलयालयतको लागि सो राष्ट्र फाइदाजनक कोलोनी बन्यो ।

सन् १९४५ अगस्ट ६ मा दोस्रो विश्व युद्धको दौरान एक अमेरिकी बी–२९ बम्बरले जापानको हिरोशिमामा विश्वको पहिलो परमाणु बम प्रहार गरे । तुरुन्तै ८० हजार मानिसको मृत्यु भयो भने ‘रेडियेसन एक्सपोजर’ का कारण दशौँ हजार मानिसले ज्यान गुमाए । यसको ३ दिनपश्चात नागासाकीमा दोस्रो परमाणु बम प्रहार हुँदा करिब ४० हजार मानिस मारिएका थिए ।

सन् १९२६ अगस्ट ६ मा १९ वर्षीया गेरट्रयुड एडर्लीले दोस्रो प्रयासमा इङ्लिश च्यानल पार गर्ने पहिलो महिला बने । इङ्ल्याण्डको डोभरदेखि केप ग्रिज–नेज करिब २१ माइल्सको दुरी गेरट्रयुडले तय गरे । अमेरिकी ओलम्पियन गेरट्रयुडले १४ घण्टा ३४ मिनेटमा सो दुरी पुरा गरे ।

सन् १९१४ अगस्ट ६ मा संयुक्त राज्य अमेरिकाका २८औँ राष्ट्रपति वुडरो विल्सनकी पत्नी एलेन विल्सनकोे मृत्यु भएको थियो । एलेनको मृत्यु ‘ब्राइट्स डिजिज’ का कारण भएको थियो ।

सन् १८९० अगस्ट ६ मा न्यूयोर्कको अटबर्न कारागारमा आफ्नो प्रेमिका मटिल्डा जिग्लरलाई बन्चरोले हानेर हत्या गरेको अपराधका लागि विलियम केम्लरलाई ‘इलेक्ट्रोकुशन’मार्फत मृत्युदण्डको सजाय दिइएको थियो । दण्डको पहिलो प्रयासमा केम्लरलाई कुर्सीमा बाँधेर ७०० भोल्टको बिजुलीको झट्का करिब १७ सेकेन्डसम्म दिइएको थियो । सो झट्का कम प्रभावकारी भएका कारण दोस्रो प्रयासमा १,०३० भोल्टको झट्का २ मिनेटको लागि दिएसँगै केम्लरको ज्यान गएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ६ : ५७ बजे

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा