जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ घर निर्माण | Khabarhub Khabarhub

जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ घर निर्माण


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ४६ घर निर्माण गरिएको छ । आर्थिक अवस्थाले विपन्न र घर बनाउन नसक्ने व्यक्तिको घर निर्माण गरेको हो । जिल्लाका १० वटै पालिकामा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जीनियर धनमाया मिश्रले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ मा सङ्घ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भई आएपछि पूर्वाधार विकास कार्यालयले घर निर्माण थालेको उनले बताए । निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान बाँकी एक सय ४२ घरपरिवार रहेका छन् । उक्त कार्यक्रमका लागि रु एक करोड ५७ लाख बजेट विनियोजन गरिएको छ ।

दुई भवन निर्माण सम्पन्न

पूर्वाधार विकास कार्यालयले सम्झौता भएका दुईवटै भवनको निर्माण सम्पन्न गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँको भवन रु दुई करोड ३० लाख ५१ हजारको लागतमा सम्पन्न गरेको हो । विसं २०७७ असोज १ गते सम्झौता गरिएको उक्त भवनको विसं २०७८ फागुन ३० गते निर्माण सम्पन्न गरेको हो ।

त्यसैगरी भिमाद सामुदायिक भवनको रु एक करोड ३३ लाख ६३ हजारको लागतमा निर्माण सम्पन्न गरिएको छ । स्टकचर थप गर्नुपरेका कारण सम्झौताभन्दा बढी लागत वृद्वि हुन गएको इञ्जीनियर मिश्रले बताए ।

दुई झोलुङ्गे पुल निर्माण सम्पन्न

जिल्लामा निर्माणाधीन तीनवटा झोलुङ्गे पुलमध्ये दुई पुलको निर्माण सम्पन्न भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ मा रु ७७ लाख ७१ हजारको लागतमा उक्त पुल निर्माण गरिएको हो । जिल्लाको भानु नगरपालिका–३ खहरेबाट नारायणचौर गोरखा जोड्ने पुल रु एक करोड २६ लाख ५० हजारको लागतमा सम्पन्न गरिएको छ । उक्त पुल निर्माणपश्चात सयौँ मानिस लाभान्वित भएको बताइएको छ ।

त्यसैगरी व्यास नगरपालिका–५ र १० जोड्ने मादी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माणका लागि विसं २०७६ पुस ६ गते सम्झौता भए पनि विद्युत्को हाइटेन्सन सार्ने विषयमा विवाद हुँदा पुल निर्माणमा ढिलाइ हुनगएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए । अहिले विद्युत् पोल सार्नका लागि जग्गा दिने सहमति भएपछि निर्माणकार्य तीव्रगतिमा अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : १६ बजे

लुम्बिनी सरकारबाट बाहिरियो एमाले, समर्थन फिर्ता

काठमाडौं– नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । बिहिबार

कास्कीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कास्की– कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाको सामना गर्दै इक्वेडर

काठमाडौं– कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेशका लागि अहिले केहीबेरमा अर्जेन्टिना

देशभर मौसम बदली, विभिन्न स्थानमा चट्याङसहित वर्षा

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर

बेलायती पाउण्ड १७० पुग्यो : शुक्रबार विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार २१ गते शुक्रबार सन्