नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते « Khabarhub

नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

स्विट्जरल्याण्ड – दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ। त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार नयाँ वर्षको उत्सव मनाउँदै गर्दा भएको आगलागीमा परेर थप ११५ जना घाइते भएका छन्। घाइते अधिकांशको अवस्थामा गम्भीर रहेको प्रहरीले बताएको छ।

भिडभाड रहेको समयमा आगलागी हुँदा ठुलो क्षति भएको हो। आगलागी राति करिब साढे १ बजे सुरू भएको थियो। त्यहाँका युवा पुस्ताका लागि प्रसिद्ध उक्त बारमा नयाँ वर्ष मनाउनेको भीड लागेको थियो।

स्थानीय क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरले मृतकको संख्या अझै पुष्टि प्रक्रियामा रहेको बताएका छन्। घाइतेमध्ये धेरैलाई गम्भीर जलन भएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

कसरी आगो सल्कियो भन्ने कुनै पुष्टि भइसकेको छैन। बेसमेन्टतर्फ ‘जन्मदिनमा प्रयोग हुने फाउन्टेन क्यान्डल’ काठको छत नजिक राख्दा आगो सल्किएको दाबी केही मिडियाले गरेका छन्। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताएको छ।

बारमा स्विट्जरल्याण्डका मात्र नभए विभिन्न देशका नागरिक भएको बताइएको छ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : १९ बजे

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका