'नेपालले चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्छ' | Khabarhub Khabarhub

सीएसीएन सम्मेलनमा वनमन्त्री यादवले भनेः

‘नेपालले चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्छ’

‘जलवायु परिवर्तनको असर दक्षिण एसियामा धेरै परेको छ’


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका छन् । मंगलबारदेखि काठमाडौँमा ओआरएफको सहयोगमा आइएसएसआरको आयोजनामा सुरु भएको ‘क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क’ (सीएसीएन) परियोजना अन्तर्गतको दुई दिने सम्मेलनको उद्घाटन गर्दै वनमन्त्री यादवले जलवायु परिवर्तनको विश्वव्यापी संकटविरुद्ध नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका हुन् ।

जलवायु परिवर्तनको गम्भीर असर दक्षिण एसियामा परेको भन्दै नेपाल झन् ठूलो मारमा परेकाले चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्नुपर्ने उनले बताए ।

‘विकसित देशहरुले कार्बन उत्सर्जन रोक्न नसक्दा नेपाल जस्ता दक्षिण एसियाका धेरै देशलाई गम्भीर असर गरेको छ’ वन तथा वातावरणमन्त्री यादवले सम्मेलनको उद्घाटन सत्रमा भने, ‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अब नेपाल सरकारले चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्छ ।’

साथै उनले जलवायु परिवर्तनविरुद्ध सबै जना एक ठाउँमा उभिनुपर्ने बताए । दक्षिण एसियाका नेपाल, भारत, भुटान, श्रीलंका र बंगलादेश एकै ठाउँमा उभिएर जलवायु परिवर्तनविरुद्धको अभियानमा लागेको भन्दै मन्त्री यादवले काठमाडौँमा जारी सम्मेलनले नयाँ र परिणाम ल्याउने गरी नयाँ कार्यक्रम तय गर्ने पनि बताए ।

नेपाल सरकारले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी सम्मेलनमा यसको असर न्यूनीकरण गर्ने प्रतिबद्धता गरेको भन्दै मन्त्री यादवले सरकारले जारी गरेका प्रतिबद्धता व्यवहारमा उतार्ने पनि बताए । पछिल्लो समय विकसित देशहरुका विभिन्न सम्मेलनले पनि बढ्दो जलवायु परिवर्तनविरुद्ध संकट घोषणा गर्ने क्रम सुरु भएको हो । सोही क्रममा नेपालले पनि जलवायु परिवर्तन संकट घोषणा गर्ने उनको भनाई छ ।

यो पनि पढ्नुहोस्ः

जलवायु परिवर्तनविरुद्धको पहिलो सम्मेलन सुरु

दक्षिण एसियाका जलवायु परिवर्तन अभियान्ता काठमाडौँमा

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ११ : ४३ बजे

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

द हेग – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन

पोखराबाट लागूऔषधसहित एक जना पक्राउ

पोखरा – लागूऔषधसहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

हवाईभाडा अनुगमन कार्यदल गठन

काठमाडौं – अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न

साराले जितिन् मिस टिनको उपाधि

काठमाडौं – यस वर्षको १९ औँ ‘मिस टिन’ नेपालको उपाधि

बढ्दो प्रदूषण रोक्न सबै लागौँः उपसभामुख राना

काठमाडौं – उपसभामुख इन्दिरा रानाले नेपालमा वायु प्रदूषण बढिरहेको भन्दै