संसदमा एमाले र कांग्रेस सांसदको सवाल जवाफ  « Khabarhub

संसदमा एमाले र कांग्रेस सांसदको सवाल जवाफ 


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेको छ । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरू बोलिरहेका छन् । जसअनुसार एमालेका शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, एमाले प्रमुख सचेकतसमेत रहेका विशाल भट्टराईले विधेयकमाथि धारणा राख्दै संशोधन प्रस्ताव पेस गरे।

सो क्रममा सरकार र सत्तारुढ दलप्रति उनी आक्रामक रूपमा अभिव्यक्ति दिए । एक्लै चुनाव लड्न गठबन्धन आबद्ध दललाई चुनौती दिँदै उनीहरूले गठबन्धनप्रति टिप्पणी गरे । बालुवाटारमा गठबन्धनको बैठक बसेकोप्रति आपत्ति जनाउँदै खर्च राज्य कोषले व्यहोर्नुपरेको बताए

यसपछि संशोधन प्रस्ताव पेस गर्दै कांग्रेस सांसद प्रकाश रसाइलीले एमाले सांसदलाई जवाफ दिँदै भने, ‘मध्यराति संसद् विघटन गर्ने, संसद् चाहिँदैन भन्ने, अहिले त्यही सांसद पदको लागि भोट माग्दै हिँड्ने ?’

आफूले गठबन्धन गर्दा पवित्र हुने र अरूले गर्दा अपवित्र हुने भन्दै एमाले सांसदलाई प्रश्न गर्दै उनले भने, ‘हिजो एमाले पनि गठबन्धन गरेर गएको थियो, त्यतिखेर कांग्रेस एक्लै लडेको थियो । अहिले अरूले गठबन्धन गर्दा अपवित्र हुने ?’

कांग्रेस र एमालेका सांसदले भने प्रतिनिधिसभाको कार्यकाल मनोनयन दर्तासँगै सकिनुपर्ने प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  २ : २३ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी