बोरिस जोनसनले आफूलाई रोमन राजनेता सिनसिनाटससँग तुलना गरेपछि… « Khabarhub

बोरिस जोनसनले आफूलाई रोमन राजनेता सिनसिनाटससँग तुलना गरेपछि…


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निवर्तमान बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई रोमन राजनेता लुसियस क्विन्सटियस सिनसिनाटससँग तुलना गरेका छन् ।

बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा आफ्नो विदाई सम्बोधनमा निवर्तमान बेलायती प्रधानमन्त्री जोनसनले आफूलाई सिनसिनाटससँग तुलना गरेका हुन् ।

‘म यो भनौँ– अहिले म बुस्टर रकेट जस्तो हुँ, जसले आफ्नो कार्य पूरा गरेको छ, र अब म विस्तारै पृथ्वीको वायुमण्डलमा प्रवेश गरी प्रशान्त महासागरको कुनै कुनामा अदृश्य रुपमा खसेको छु ।’ सम्बोधनका क्रममा जोनसनले भने, ‘सिनसिनाटसजस्तै म पनि अब हलो जोत्न फर्किँदैछु ।’

पाचौँ शताब्दी ईसापूर्वका रोमन गणतन्त्रका राजनेता सिनसिनाटसलाई पश्चिमा इतिहासको महत्वूर्ण व्यक्तित्व मानिन्छ । रोम गणतन्त्र बन्नुअघि अधिराज्य नै रहेका बेला सिनसिनाटसको जन्म ईसापूर्व ५१९ मा रोमन समाजको उपल्लो ‘पट्रिशन’ वर्गमा भएको थियो ।

पछि ४६० ईसापूर्वमा उनलाई तत्कालीन प्रचलन अनुसार एक वर्षका लागि रोमन गणतन्त्रका दुईमध्ये एक कन्सुल अर्थात् शासक नियुक्त गरिएको थियो । आफ्नो कन्सुलर पदावधि सकिएपछि सिनसिनाटस रोम सहर भएर बग्ने टाइबर नदी पारी आफ्नै जमिनमा हलो जोत्न फर्केका थिए ।

४५८ ईसापूर्वमा प्राचीन इटालियन जाती एक्वेइनले रोमन गणतन्त्रमाथि आक्रमण गर्दा एकजना तत्कालीन रोमन कन्सुलको मृत्यु भएपछि सिनसिनाटसलाई तानाशाह अर्थात् ‘डिक्टेटर’ घोषित गरिएको थियो ।

सिनेटले आफूलाई तानाशाह नियुक्त गरेको खबर पाउने बेला सिनसिनाटस खेतमै हलो जोतिरहेको अवस्थामा फेला परेको इतिहासकारहरु बताउँछन् ।

सिनसिनाटसको सैनिक नेतृत्वमा रोमन गणतन्त्रले एक्वेइन जातीमाथि विजय प्राप्त गरेको थियो । त्यसपछि सिनसिनाटसले पदबाट राजीनामा दिँदै पुनः हलो जोत्न आफ्नै खेत फर्केको बताइन्छ ।

पछि ४३९ ईसापूर्वमा पनि उनलाई पुनः दोस्रोपटक डिक्टेटर घोषित गरिएको थियो ।

सिनसिनाटसको व्यक्तित्वबाट अमेरिकी संस्थापक जर्ज वाशिंटन अत्यन्त प्रभावित भएको बताइन्छ । सिनसिनाटसकै नामबाट अमेरिकाको ओहायो राज्यमा रहेको सिनसिनाटी सहरको नाम राखिएको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ४ : ०१ बजे

रास्वपा महाधिवेशन: पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान सुरु

राष्ट्रियसभा : सुकुम्वासीको उचित प्रबन्ध गर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

अन्तिमसम्म सहमतिको कोसिसमा थिए रवि, नेताहरूले भने, ‘प्रतिस्पर्धा गर्छौँ, हारे पनि पार्टी छोडेर जाँदैनौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचनमा एक उपसभापति, एक महिला उपसभापति,

कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन

काठमाडौं– कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि

फिर्ता लिए पनि रञ्जु दर्शनाको उम्मेदवारी कायमै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएकी रन्जु