बोरिस जोनसनले आफूलाई रोमन राजनेता सिनसिनाटससँग तुलना गरेपछि… « Khabarhub

बोरिस जोनसनले आफूलाई रोमन राजनेता सिनसिनाटससँग तुलना गरेपछि…


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निवर्तमान बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई रोमन राजनेता लुसियस क्विन्सटियस सिनसिनाटससँग तुलना गरेका छन् ।

बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा आफ्नो विदाई सम्बोधनमा निवर्तमान बेलायती प्रधानमन्त्री जोनसनले आफूलाई सिनसिनाटससँग तुलना गरेका हुन् ।

‘म यो भनौँ– अहिले म बुस्टर रकेट जस्तो हुँ, जसले आफ्नो कार्य पूरा गरेको छ, र अब म विस्तारै पृथ्वीको वायुमण्डलमा प्रवेश गरी प्रशान्त महासागरको कुनै कुनामा अदृश्य रुपमा खसेको छु ।’ सम्बोधनका क्रममा जोनसनले भने, ‘सिनसिनाटसजस्तै म पनि अब हलो जोत्न फर्किँदैछु ।’

पाचौँ शताब्दी ईसापूर्वका रोमन गणतन्त्रका राजनेता सिनसिनाटसलाई पश्चिमा इतिहासको महत्वूर्ण व्यक्तित्व मानिन्छ । रोम गणतन्त्र बन्नुअघि अधिराज्य नै रहेका बेला सिनसिनाटसको जन्म ईसापूर्व ५१९ मा रोमन समाजको उपल्लो ‘पट्रिशन’ वर्गमा भएको थियो ।

पछि ४६० ईसापूर्वमा उनलाई तत्कालीन प्रचलन अनुसार एक वर्षका लागि रोमन गणतन्त्रका दुईमध्ये एक कन्सुल अर्थात् शासक नियुक्त गरिएको थियो । आफ्नो कन्सुलर पदावधि सकिएपछि सिनसिनाटस रोम सहर भएर बग्ने टाइबर नदी पारी आफ्नै जमिनमा हलो जोत्न फर्केका थिए ।

४५८ ईसापूर्वमा प्राचीन इटालियन जाती एक्वेइनले रोमन गणतन्त्रमाथि आक्रमण गर्दा एकजना तत्कालीन रोमन कन्सुलको मृत्यु भएपछि सिनसिनाटसलाई तानाशाह अर्थात् ‘डिक्टेटर’ घोषित गरिएको थियो ।

सिनेटले आफूलाई तानाशाह नियुक्त गरेको खबर पाउने बेला सिनसिनाटस खेतमै हलो जोतिरहेको अवस्थामा फेला परेको इतिहासकारहरु बताउँछन् ।

सिनसिनाटसको सैनिक नेतृत्वमा रोमन गणतन्त्रले एक्वेइन जातीमाथि विजय प्राप्त गरेको थियो । त्यसपछि सिनसिनाटसले पदबाट राजीनामा दिँदै पुनः हलो जोत्न आफ्नै खेत फर्केको बताइन्छ ।

पछि ४३९ ईसापूर्वमा पनि उनलाई पुनः दोस्रोपटक डिक्टेटर घोषित गरिएको थियो ।

सिनसिनाटसको व्यक्तित्वबाट अमेरिकी संस्थापक जर्ज वाशिंटन अत्यन्त प्रभावित भएको बताइन्छ । सिनसिनाटसकै नामबाट अमेरिकाको ओहायो राज्यमा रहेको सिनसिनाटी सहरको नाम राखिएको हो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ४ : ०१ बजे

एनपीएल : पोखरा टस जितेर बलिङमा

काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको

कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ

अत्तरिया– कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ

बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ

गोदावरी– बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा

बिहीबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

उज्यालो नेपालप्रति महासचिव पोखरेलको कटाक्ष- जसको योजना उसलाई श्रेय दिने कहिले ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उज्यालो