खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास  « Khabarhub

खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास 


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको पाँच वर्षपछि गाउँपालिकाको आफ्नै भवन निर्माण सुरु गरिएको हो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण हुने भवन सोमबार गाउँपालिका अध्यक्ष रविप्रकाश राईले शिलान्यास गरेका छन् । 

आफ्नै भवन नहुँदा हाल साकेला गाउँपालिका-४ मात्तिम मानेभञ्ज्याङस्थित साबिकको इलाका कृषि तथा पशुसेवा केन्द्रको कार्यालयबाट गाउँपालिकाको सेवा प्रवाह हुँदै आएको छ ।  भ्याटसहित ७ करोड ६२ लाख ३५ हजार १५२ रुपैयाँका लागतमा निर्माण गर्नेगरी निर्माण कम्पनी मल्लरानी-सजीव जेभीले गत २० असारमा भवन निर्माणको सम्झौता गरेको गाउँपालिकाका इन्जिनियर आशिष राईले बताए ।

 बाल, लैंगिक र अपांगमैत्री हुने तीन तले सुविधा सम्पन्न भवन सम्झौता भएको मितिले एक वर्ष छ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौता छ । भवन शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सीका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

भवन शिलान्यास कार्यक्रमकै अवसरमा गाउँपालिका अध्यक्ष राईले मानेभञ्ज्याङमा लाग्दै आएको ऐतिहासिक हाटबजारको नवनिर्मित संरचना उद्घाटन गरेका छन् । 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ५ : १७ बजे

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३