सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस « Khabarhub

सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित, र उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा गौतम र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यापक डीएन पराजुलीको नाम सिफारिस भएको हो ।

हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त छ । एक महिना पछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्था अनुसार हाल तीन जनाको नाम सिफारिस गरिएको हो ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका छन् । उनको स्थानमा समेत पदपूर्ति गर्ने गरी सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ६ : २२ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ