डेङ्गु रोगको परीक्षण निःशुल्क « Khabarhub

डेङ्गु रोगको परीक्षण निःशुल्क


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

त्रिशूली – नुवाकोटको त्रिशूली अस्पतालले डेङ्गु रोगको परीक्षण निःशुल्क गर्ने भएको छ । पछिल्लो समयमा महामारीको रुपमा यस रोगको सङ्क्रमण फैलिएसँगै त्रिशूली अस्पतालले भोलि बुधबारदेखि परीक्षण निःशुल्क गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

उनको अनुसार अस्पतालले डेङ्गु रोग नियन्त्रणमा सहयोग पुर्‍याउन अस्पतालको अग्रस्थानमा सहायता कक्षसमेत स्थापना गरेको छ । उक्त कक्षमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको टोलीबाट अस्पतालमा जाँच गर्न पुगेका बिरामीलाई यस रोगसम्बन्धी परीक्षणसहित सचेतना सन्देशसमेत प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

‘यसअघि अस्पतालको प्रयोगशालामा डेङ्गु रोगको परीक्षण गरेबापत रु आठ सय ५० शुल्क लिने गरेका थियौँ ।’ अस्पतालका प्रमुख डा. पाण्डेले भने, ‘सहायता कक्ष र बहिरङ्ग विभाग (ओपिडी) मार्फत सिफारिस भएका बिरामीको निःशुल्क परीक्षणको व्यवस्था मिलाएका छौँ ।’

अहिले देशभर फैलिएको डेङ्गु रोग यस जिल्लामा हालसम्म नौ जना व्यक्तिमा पहिचान भएको छ भने यहाँका धेरै बिरामी परीक्षणका लागि काठमाडौँ जाने भएकाले सङ्क्रमितको सङ्ख्या सम्पर्क बाहिर अझै धेरै हुनसक्ने स्वास्थ्य कार्यालय नुवाकोटको अनुमान छ । डेङ्गु रोगको सङ्क्रमण एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट फैलने भएकाले यसको टोकाइबाट सुरक्षित रहन अपिल गरिएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण रिजालको अनुसार यसको लक्षण ज्वरो आउने, आँखा रातो हुने तथा दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेलगायत रहेका छन् ।

डेङ्गु सङ्क्रमित व्यक्तिको रक्तकोष घट्न गएर रोग प्रतिरोधात्मक क्षमता ह्रास भएर सिकिस्त बिरामी हुनेदेखि मृत्युसमेत हुनसक्ने भएकाले शंकास्पद लक्षण देखिने बित्तिकै परीक्षण गरेर सावधानी अपनाउन भनिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिए ।

त्यसका लागि शंकास्पद लक्षण भएका बिरामीलाई परीक्षण गराउन अनुरोध गरिएको छ । रोगबाट सुरक्षित हुन शरीर ढाक्ने कपडा लगाउने, सुत्ने समयमा झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने मलम लगाउने, घरको झ्यालबाट लामखुट्टे पस्न नसक्ने झाली लगाउने तथा लामखुट्टे बस्नसक्ने स्थानमा सरसफाइ गरेर थप फैलन नदिन सचेत रहनुपर्ने उनको भनाइ छ । 

 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ६ : ३१ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय