डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्यामा वृद्धि « Khabarhub

डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्यामा वृद्धि


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुरमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । हालसम्म सात सय २१ जना डेङ्गुका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सात सय २१ डेङ्गुको बिरामीमध्ये ५० प्रतिशत हेटौँडा उपमहानगरपालिका–४ मा रहेको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । यस वडाका घरघरमा डेङ्गुलगायत ज्वरोका बिरामी रहेको बताइएको छ । त्यस्तै  हेटौँडा वडा नं ५, ९ र १० लगायत मकवानपुरगढी र मनहरी गाउँपालिका पनि डेङ्गुबाट प्रभावित छ ।

डेङ्गुलगायत ज्वरोका दैनिक एक सय ५० भन्दा बढी बिरामी हेटौँडा अस्पताललगायत अन्य नर्सिङहोम तथा निजी अस्पतालमा उपचारका लागि आउने गरेको छ । यस्तो अवस्थामा हेटौँडा सरकारी अस्पतालमा डेङ्गु जाँच्ने कीटसमेत नरहेको बिरामीको गुनासो रहेको छ ।

उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीलाई कीट छैन भनी बिरामीलाई फर्काउने गरेको बताइएको छ । त्यहाँ उपचार नपाएपछि बिरामी आत्तिएर मकवानपुर सहकारी अस्पताल, चितवन अस्पताल र काठमाडौँ उपचारका लागि जाने गरेको बताइएको छ । साउन तेस्रो हप्तामा प्रथम पटक २८ जनामा यो रोग फेला परेको र त्यसपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले अस्पतालमा डेङ्गुलगायत ज्वरोका बिरामी बढेको तर कीटको अभाव भएको बताए । यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने तथा पेट दुख्ने, बान्ता हुने गरेको प्रथम लक्षण रहेको छ । यसमा बिरामीको प्लेटलेस कम हुन्छ ।

उता हेटौँडा उपमहानगरपालिकाले डेङ्गुबाट बच्न सरसफाइमा जोड दिन माइकिङ गरिरहेको तर नियन्त्रण गर्ने उपाय नगरेको हेटौँडा-४ का सीताराम अधिकारीले गुनासो गरे । गत आर्थिक वर्ष २०७८/७९ मा मकवानपुर जिल्लामा एक सय ९५ मा डेङ्गु फेला परेको थियो ।

यसैबीच मकवानपुर जिल्लामा जापानी इन्टेफ्लाइटिस रोगबाट तीन जनाको मृत्यु भएको छ । उक्त लामखुट्टेको सङ्क्रमणबाट हुने सो रोगका कारण हेटौँडा उपमहानगरपालिका-३ का एक जना पुरुष र बकैया गाउँपालिका– ७ का दुई जना पुरुषको मृत्यु भएको सो  कार्यालयबाट बुझिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ६ : ५१ बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि