डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्यामा वृद्धि « Khabarhub

डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्यामा वृद्धि


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुरमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । हालसम्म सात सय २१ जना डेङ्गुका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सात सय २१ डेङ्गुको बिरामीमध्ये ५० प्रतिशत हेटौँडा उपमहानगरपालिका–४ मा रहेको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । यस वडाका घरघरमा डेङ्गुलगायत ज्वरोका बिरामी रहेको बताइएको छ । त्यस्तै  हेटौँडा वडा नं ५, ९ र १० लगायत मकवानपुरगढी र मनहरी गाउँपालिका पनि डेङ्गुबाट प्रभावित छ ।

डेङ्गुलगायत ज्वरोका दैनिक एक सय ५० भन्दा बढी बिरामी हेटौँडा अस्पताललगायत अन्य नर्सिङहोम तथा निजी अस्पतालमा उपचारका लागि आउने गरेको छ । यस्तो अवस्थामा हेटौँडा सरकारी अस्पतालमा डेङ्गु जाँच्ने कीटसमेत नरहेको बिरामीको गुनासो रहेको छ ।

उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीलाई कीट छैन भनी बिरामीलाई फर्काउने गरेको बताइएको छ । त्यहाँ उपचार नपाएपछि बिरामी आत्तिएर मकवानपुर सहकारी अस्पताल, चितवन अस्पताल र काठमाडौँ उपचारका लागि जाने गरेको बताइएको छ । साउन तेस्रो हप्तामा प्रथम पटक २८ जनामा यो रोग फेला परेको र त्यसपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले अस्पतालमा डेङ्गुलगायत ज्वरोका बिरामी बढेको तर कीटको अभाव भएको बताए । यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने तथा पेट दुख्ने, बान्ता हुने गरेको प्रथम लक्षण रहेको छ । यसमा बिरामीको प्लेटलेस कम हुन्छ ।

उता हेटौँडा उपमहानगरपालिकाले डेङ्गुबाट बच्न सरसफाइमा जोड दिन माइकिङ गरिरहेको तर नियन्त्रण गर्ने उपाय नगरेको हेटौँडा-४ का सीताराम अधिकारीले गुनासो गरे । गत आर्थिक वर्ष २०७८/७९ मा मकवानपुर जिल्लामा एक सय ९५ मा डेङ्गु फेला परेको थियो ।

यसैबीच मकवानपुर जिल्लामा जापानी इन्टेफ्लाइटिस रोगबाट तीन जनाको मृत्यु भएको छ । उक्त लामखुट्टेको सङ्क्रमणबाट हुने सो रोगका कारण हेटौँडा उपमहानगरपालिका-३ का एक जना पुरुष र बकैया गाउँपालिका– ७ का दुई जना पुरुषको मृत्यु भएको सो  कार्यालयबाट बुझिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ६ : ५१ बजे

एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

काठमाडौं– एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्

‘भयमुक्त वातावरणमा निर्वाचन हुन्छ’ 

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र,

बौद्ध भुवनेश्वर माविका विद्यार्थीलाई विद्यालय बसको सुविधा 

दोलखा– जिल्लाको जिरी नगरपालिका-२ को विकट गाउँ यलुङको बौद्ध भुवनेश्वरी

‘फर्किन्छु कि फर्किन्नँ थाहा छैन’ भन्ने नेहा कक्कडको सन्देशले फ्यानहरू चिन्तित

काठमाडौं- चर्चित बलिउड गायिका नेहा कक्कडले हालै सामाजिक सञ्जालमा गरेको

ईश्‍वर पोखरेल काठमाडौं ५ बाट उठ्ने, ओलीले दिए टिकट

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले