महिला साफ च्याम्पियनसिप फुटबल – नेपालको शानदार जित, भुटान ४-० ले पराजित « Khabarhub

महिला साफ च्याम्पियनसिप फुटबल – नेपालको शानदार जित, भुटान ४-० ले पराजित


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् ।

उनले खेलको १२औँ मिनेटमा अमिषा कार्कीको पासमा गोल गरेकी हुन् । वर्षाका कारण खेल केही समय प्रभावित बनेको थियो ।

मध्यान्तरपछिको खेलमा नेपालले थप तीन गोल गरेको हो । मध्यान्तरपछि सावित्रा भण्डारीले एक तथा अनिता बस्नेतले दुई गोल गरेकी हुन् । भण्डारीले खेलको ६८औँ मिनेटमा तथा बस्नेतले खेलको ७३औँ र ८४औँ मिनेटमा गोल गरेकी हुन् ।

साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलङ्का र भुटान छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ७ : ३५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि