भारतद्वारा अफगानिस्तानलाई थप ३२ टन चिकित्सा सामग्री प्रदान « Khabarhub

भारतद्वारा अफगानिस्तानलाई थप ३२ टन चिकित्सा सामग्री प्रदान


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले अफगानिस्तानलाई थप ३२ टन अत्यावश्यक चिकित्सा सामग्री प्रदान गरेको छ । मानवीय सहायता कार्यक्रमअन्तर्गत भारतले अफगानिस्तानलाई चिकित्सा सामग्री प्रदान गरेको हो ।

भारतले प्रदान गरेका चिकित्सा सामग्री राजधानी काबुलमा रहेको इन्दिरा गान्धी अस्पतालमा हस्तान्तरण गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गत वर्षको अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेसँगै चरम मानवीय संकटमा फसेको अफगानिस्तानलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आह्वानअनुसार भारतले सहयोग गरेको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतले अफगानिस्तानलाई प्रदान गरेका चिकित्सा सामग्रीमा जीवन बचाउने औषधि, क्षयरोगविरुद्धको औषधि, ५ लाख डोज कोभिड १९ विरुद्धको खोप समावेश छन् ।

भारतले अफगानिस्तानलाई नियमितजसो चिकित्सा सामग्री प्रदान गर्दै आएको छ । यसबाहेक भारतले अफगानिस्तानमा गहुँलगायतका खाद्यान्न पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ९ : ४५ बजे

सांसदहरुलाई रविले भने- सरकार बनेको बेलुकाबाट ढाल्न लाग्छन् सचेत हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित