काठमाडौँ आइपुगे सन्दीप, विमानस्थलबाट चौकी लगिने | Khabarhub Khabarhub

काठमाडौँ आइपुगे सन्दीप, विमानस्थलबाट चौकी लगिने


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौं आइपुगेका छन्।

१० बजे ल्याण्ड हुनुपर्ने विमान झण्डै एक घण्टा आकाशमै फन्को मारेर करिब ११ बजे मात्र अवतरण गरेको थियो।

उनी सवार कतार एअरवेजको ६४८ जहाज मौसमको खराबीका कारण केहीबेर अवतरण गर्न नसकेर काठमाडौंको आकाशमा फन्को मारेको थियो।

प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लैजाने तयारी गरेको छ। सुरुमा जाहेरी परेको गौशला बृतमा लगिने र त्यसपछि अनुसन्धान थालिने प्रहरीको भनाइ छ।

सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्। गत भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ।

उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन्।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ११ : ०१ बजे

राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक सम्पन्न

काठमाडौं– राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको

लेबनान–इजरायल सीमामा भिडन्त हुँदा ६ जनाको मृत्यु

बेरुत- लेबनान–इजरायल सीमामा भएको भिडन्तमा परी ६ जनाको मृत्यु भएको

हर्क साम्पाङले बनाएको श्रम संस्कृति पार्क पर्यटकीय गन्तव्य बन्दै

धरान- सुनसरीको धरान उपमहानगरपालिका–१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान

सडक स्तरोन्नति नहुँदा समस्या

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बासिन्दा प्रदेश राजधानी पोखरा चितवन, पश्चिम नवलपरासी,

जनतालाई राहत र ऋणीलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्छ :  माधव नेपाल

कास्की– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री