पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरू अवरुद्ध « Khabarhub

पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरू अवरुद्ध


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दमौली– दुईदिनदेखि निरन्तर परेको वर्षाका कारण पृथ्वीराजमार्गका केही ठाउँमा पहिरा गएपनि अधिकांश खण्ड भने सञ्चालनमै छन् । पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका-६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । ‘उक्त ठाउँमा पहिरो हटाएर राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ, अन्य ठाउँमा अवरोध छैन,’ उनले भने । वर्षाका कारण पहिरा जाँदा आज नै धादिङको सुरुङमार्ग नजिक बाटो अवरुद्ध भएको थियो । त्यस ठाउँको पहिरो पन्छाएर राजमार्ग सुचारु गराइसकिएको प्रहरीले जनाएको छ । 

यस्तै चितवनतर्फबाट धादिङ जाने बाटोमा कुनै अवरोध नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नारायणगढ-मुग्लिन सडकखण्ड पनि दुईतर्फी सञ्चालनमा आएको छ । मुग्लिन-नारायणगढ सडकखण्डको सत्र किलोमा खसेको पहिरो हटाएर राजमार्ग यथावत सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिए । ‘चितवनतर्फ र धादिङतर्फ जाने बाटो दुईतर्फी सञ्चालनमा छ,’ उनले भने ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा भने केही अवरोध नरहेको तनहुँ प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले पहिरा खस्ने सम्भावना भएकाले पहिरा पन्छाउन तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आरके सुनारले जानकारी दिए । उनका अनुसार डुम्रे-वेँसीसहर सडकखण्डमा पनि अवरोध छैन । ‘पानी निरन्तर परिरहेकाले पहिरा जान सक्ने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी गरेका छौँ’ उनले भने । 

ग्रामीण सडकहरू अवरुद्ध

दुई दिनदेखि परेको अविरल वर्षाका कारण पहिरा जाँदा तनहुँका केही ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । निरन्तरको वर्षाका कारण पहिरा जाँदा दसैँमा सर्वसाधारणलाई समस्या भएको छ । पहिराका कारण तनहुँको भिमाद नगरपालिका-९ पाथर्दी हुँदै जाने ग्रामीण सडक बगाएको स्थानीयवासी शिवकुमार आलेले जानकारी दिए । भिमाद नगरपालिका–१, २ र ३ लाई जोड्ने छोटो बाटो पहिराका कारण अवरुद्ध भएको छ । ‘बाटो अवरुद्ध हुँदा दसैँमा टीका लगाउन जानेहरूलाई समस्या भएको छ,’ उनले भने ।

पहिराका कारण ऋषिङका ग्रामीण सडक अवरुद्ध भएका छन् । ऋषिङ गाउँपालिका–७ साङखोल्सीमा पहिरा जाँदा सडक अवरुद्ध भएको स्थानीय दानबहादुर श्रेष्ठले जानकारी दिए । ‘पहिरा पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ,’ उनले भने। घिरिङ गाउँपालिका–३ खिलाका दुई ठाउँमा पहिराले सडक अवरुद्ध बनाएको छ । गाउँपालिका कार्यालय र मानपुरको बीचमा गएको पहिरो हटाउन गाउँपालिकाले मेसिन लगाउन सुरु गरेको गाउँपालिकाका प्रेस संयोजक अन्जान परियारले जानकारी दिए । ‘पहिरो पन्छाएर बाटो पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ,’  उनले भने ।

निरन्तर वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम हुने हुँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ । बाढीपहिरो गई जनधनको क्षति हुनसक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।


 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ४ : ०८ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष