कर्तव्य ज्यान मुद्दामा फरार १३ वर्षदेखि अभियुक्त पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दामा फरार १३ वर्षदेखि अभियुक्त पक्राउ


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ – कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ। विसं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको कुटपिटपछि मृत्यु भएको घटनामा सर्वोच्च अदालतले विसं २०६८ वैशाख १४ मा गरेको फैसलाअनुसार पिमबहादुर दोषी ठहरिएका थिए।

सर्वोच्चबाट १२ वर्ष छ महिना कैद सजाय तोकिएपछि फरार रहेका पिमबहादुरलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अभियुक्त ६० वर्षीय पिमबहादुरलाई कैद भुक्तान प्रक्रियाका लागि जिल्ला अदालतमा पठाइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।

प्रहरीले बैंकिङ कसुरको मुद्दामा फरार बागलुङ नगरपालिका-१३ का ५२ वर्षीय विष्णु गिरीलाई पनि पक्राउ गरेको छ। काठमाडौँको नागर्जुन नगरपालिका-९ का तार्कबहादुर कुँवरको जाहेरीपछि चेक बाउन्समा गिरी दोषी ठहरिएका थिए।

उच्च अदालत पाटनले विसं २०७६ कात्तिक १ गतेको फैसलाबाट गिरीलाई २० दिन कैद र रु सात लाख ९६ हजार जरिवाना तोकेको थियो। गिरीलाई पनि घरमै लुकिछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कानुनबमोजिम फक्राउ परेका दुवै फरार अभियुक्तलाई लगत कट्टाका लागि जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्तको खोजीमा प्रहरी सक्रिय छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ०० बजे

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली)- कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन सुशासन कायम गराउन सफल : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन

भोजपुरमा श्रमसंस्कृतिका ध्रुवराज विजयी, एमाले सचिव शेरधन पराजित

भोजपुर – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भोजपुरमा ‘माटो’ चुनाव चिह्नबाट

एएनओ हङकङ सम्मेलनद्वारा पश्चिम एसियाका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण

काठमाडौं- एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को शनिबार हङकङमा सम्पन्न

एन्फाको कार्यालयमा खेलाडीले लगाइदिए ताला (तस्बिरहरू)

काठमाडौं- नेपाल फुटबल खेलाडी संघले आफ्ना माग पूरा नभएसम्मका लागि