गणेशमान सिंह टेनिस : प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा « Khabarhub

गणेशमान सिंह टेनिस : प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणाले गरे। कांग्रेसकी नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सुर्य भुषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तर गरेकी थिइन्।

प्रतियोगिताको पहिलो दिन शनिबार पुरुष डबल्सतर्फ प्रदीप खड्का र प्रणव खनालको जोडीले सेमिफाइनलमा स्थान बनाएका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रितम परियार र निजिज महर्जनको जोडीबाट वाक्ओभर पाउँदै प्रदीप र प्रणवको जोडीले अन्तिम चारको यात्रा तय गरेका हुन्।

पुरुष डबल्सतर्फनै राजबिर प्रधान र सक्षम शाहको जोडीले आशिष खड्का र सौगात बिकको जोडीलाई ६-० र ६-३ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन्।

त्यस्तै पुरुष डबल्समा ऋतिक राना र निशान श्रेष्ठको जोडीले रानभ मानन्धर र निहल थापाको जोडीलाई ६-३ र ६-२ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन्।

केशव गौचन र सौरभ पन्तको जोडीले मनोज महर्जन र सुसल मोक्तानको जोडीलाई ६-२ र ६-२ ले हराएर पुरुष डबल्सतर्फ नै सेमिफाइनलमा स्थान पक्का गरेका छन्।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले मानबहादुर कटुवाल र भिष्म गुरुङको जोडीलाई ६-० र ६-३ ले हराएर अन्तिम चारको यात्रा तय गरे।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ४० बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी