नेदरल्याण्डको १५९ रनको चुनौती : जवाफी ब्याटिङ गर्दै दक्षिण अफ्रिका « Khabarhub

नेदरल्याण्डको १५९ रनको चुनौती : जवाफी ब्याटिङ गर्दै दक्षिण अफ्रिका


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टि–ट्वान्टी विश्वकप अन्तर्गत आइतबार जारी खेलमा नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १५९ रनको चुनौती दिएको छ ।

टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङ् गरेको नेदरल्याण्डले चार विकेटको क्षतिमा १५८ रन बनाएको हो । अहिले दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ गरिराखेको छ । जारी खेलमा १५ ओभर पूरा गर्दा दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ११४ रन बनाएको छ ।

यस्तै आजै बङ्गलादेश र पाकिस्तान बिहान पौने १० बजे खेल्ने छन् भने भारत र जिम्बाबे बीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ।

समूह बी मा समान चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेर ४–४ अङ्क जोडे पनि रनरेटका आधारमा पाकिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा छन्।

चारमा ३ खेलमा जित र एकमा हार व्यहोरेको भारत ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ।

यसअघि शनिबार भएको खेलमा श्रीलङ्कालाई चार विकेटले हराउँदै इङ्ग्ल्यान्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ५२ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६