दुर्घटना न्यूनीकरण गराउन निगरानी बढाउँदै ट्राफिक प्रहरी « Khabarhub

दुर्घटना न्यूनीकरण गराउन निगरानी बढाउँदै ट्राफिक प्रहरी


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रसुवा – ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ। हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो।

पूर्णरूपको दक्षताबेगर सडकमा सवारी चलाउने व्यक्तिउपर ट्राफिक प्रहरीले बढाएको निगरानीबाट मानवीय संरक्षणमा मद्दत जनाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मोटरसाइकल चालक अनुमतिपत्र एवं बिलबुकसमेत नभेटिएका तीन सय २० जनालाई सचेत गराउँदै ट्राफिक प्रहरीले जरिवानासमेत गरेको हो।

यस्तै रसुवागढी नाकामा दिनप्रतिदिन सवारीसाधनको चाप बढ्दै गएको र साना तथा ठूला अधिकांश साधनले समेत सवारीसाधनको प्रमाण नबोक्ने गरेको पाइएकाले त्यस्ता गैरजिम्मेवार सबैखाले सवारी चालकलाई जरिवाना गर्दै ट्राफिक नियमको जागरण गराउँदै आएको छ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख उज्ज्वलकुमार घलेका अनुसार साउनदेखि असोजसम्म कारबाही पर्नेमा मोटरसाइकलका साथै चार सय ९५ ट्रक तथा टिपर, एक सय ५४ जिप-कार एवं ३१ वटा यात्रुवाहक बस रहेका छन्। ती सवारीधनीलाई गरिएको जरिवानाबाट रु १० लाख सात हजार जरिवाना गरिएको बताइएको छ।

नियमको पूर्णपालना गराउँदै बेला–बेलामा हुने सवारी दुर्घटना न्यूनीकरण गराइ आम नागरिकको जिउज्यानको संरक्षणमा ट्राफिक प्रहरीले गरेको योगदान राम्रो रहेको नागरिक समाजले जनाएको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : ५५ बजे

प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा औपचारिक रूपमा

विधायन व्यवस्था समितिले गर्‍यो चलचित्र विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको

ओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

गोविन्दा दम्पत्तिको विवाद फेरि चर्चामा : दुवै पक्षका आ-आफ्नै दाबी !

काठमाडौं- बलिउडका अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता अहुजाबीचको सम्बन्धमा

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

जानकी– आसन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका