सांस्कृतिक कला समूहद्वारा ३३ जना स्रष्टा सम्मानित  | Khabarhub Khabarhub

सांस्कृतिक कला समूहद्वारा ३३ जना स्रष्टा सम्मानित 


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सांस्कृतिक कला विकास समूह नेपालले ३३ जना स्रष्टालाई सम्मान गरेको छ। नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजना गरिएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

विविध सांस्कृतिक एवं सम्मान समारोह २०७९ नाम दिइएको सो कार्यक्रममा समाजमा विभिन्न क्षेत्रबाट टेवा पुर्याएका व्यक्तित्वहरुलाई सम्मानका साथै विभूषण गरिएको हो ।

सम्मानित हुनेहरूमा वरिष्ठ आयुर्वेद विशेषज्ञ तथा समाजसेवी मृगेन्द्र श्रेष्ठ, वरिष्ठ नृत्य निर्देशक अच्युत घिमिरे, गायिका बबिता मानन्धर, ब्यूटिसियन तथा महिला उद्यमी विद्या श्रेष्ठ, माओवादी नेता छबिन्द्रराज कँडेल, व्यवसायी चन्द्र काम्बाङ्ग, अम्बला हर्बल प्रालिका अध्यक्ष धनबहादुर लामा, संगीतकर्मी दुर्गा खतिवडा, जनमत पार्टीका नेता गोबिन्द नेपाल, नृत्य निर्देशक कमल राई र इन्जिनियर तथा काठमाडौँ क्षेत्र नं. १ का प्रतिनिधि तथा उम्मेदवार हरेन्द्र चौधरी छन् ।

यसैगरी, बौद्ध दर्शन एवं नेपाली आदिवासी जनजाति महासंघ रसुवाका अध्यक्ष ल्हाक्पा तामाङ, उद्योगपति तथा समाजसेवी लेखबहादुर श्रेष्ठ, ब्यूटिसियन, महिला उद्यमी तथा समाजसेवी लिना सुवेदी, वरिष्ठ महिला उद्यमी, तथा नेपाली कांग्रेस जिल्ला सदस्य मञ्जु खत्री, औषधि विशेषज्ञ तथा समाजसेवी मनोज बस्नेत, कलाकार मोहन निरौला, व्यवसायी तथा समाजसेवी नारायणप्रसाद गौतम, राजनीतिज्ञ ओमप्रकाश शर्मा, जनमत पार्टीका प्रकाश सुवेदी, खबरपाटी डटकमका सम्पादक प्रेमबहादुर कार्की, महिला अभियानकर्ता रजनी मल्ली, गायक, संगीतकार तथा रचनाकार राजेश एकल र भुदेव नेट जाली उद्योग झापाका प्रबन्धक रामप्रसाद पोखरेल सम्मानित भएका छन्।

यस्तै, महिला सशक्तिकरण अभियानकर्ता रिता अर्याल, थ्रीडी किताब निर्माण कम्पनी रुपक क्रियशन प्रालि बुद्ध शान्त पार्क निर्माण समिति तथा प्रेमध्वज प्रधान फाउण्डेशनका अध्यक्ष शान्तबहादुर शाक्य, उद्योगपति शेष नारायण श्रेष्ठ, माओवादी केन्द्र प्रदेश १ सदस्य श्रीप्रसाद राई, कांग्रेस नेतृ सिर्जना सिंह, वी लभ यू फाउण्डेसन रेकर्डिङ स्टुडियो ए लेभल रहेका छन्।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १२ : ०७ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले