विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

झापाको बिर्तामोड नगरपालिका-४ बाट १ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित बाह्रदर्शी गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशी लगायत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

सुर्खेतको भेरीगंगा नगरपालिका-१० तोली खोलाबाट करिब ३ ग्राम ४४ मिलिग्राम हेरोइनसहित सोही नगरपालिका-१३ बस्ने २० वर्षीय किरण चन्दलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्छुबाट खटिएको प्रहरीले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको बा.४ ख ५३२८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त हेरोइनसहित फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरेको हो।

बाँकेको खजुरा गाउँपालिका-७ बठवा चोकबाट करिब ५० ग्राम गाँजासहित सोही गाउँपालिका-४ डि गाउँ बस्ने १९ वर्षीय सुशान्त गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त गाँजा खजुरा गाउँपालिका-७ बठवा बस्ने २५ वर्षीय रहिस दर्जीको घरबाट किनी ल्याएको बताएपछि दर्जीको घरबाट थप ६ केजी लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ। हाल फरार दर्जीको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १२ : ५५ बजे

निर्वाचन सुशासन कायम गराउन सफल : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन

भोजपुरमा श्रमसंस्कृतिका ध्रुवराज विजयी, एमाले सचिव शेरधन पराजित

भोजपुर – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भोजपुरमा ‘माटो’ चुनाव चिह्नबाट

एएनओ हङकङ सम्मेलनद्वारा पश्चिम एसियाका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण

काठमाडौं- एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को शनिबार हङकङमा सम्पन्न

एन्फाको कार्यालयमा खेलाडीले लगाइदिए ताला (तस्बिरहरू)

काठमाडौं- नेपाल फुटबल खेलाडी संघले आफ्ना माग पूरा नभएसम्मका लागि

धुम्मियो आकाश, वायु प्रदूषण पनि उच्च (तस्बिरहरू)

काठमाडौं- पछिल्लो तीन दिनदेखि काठमाडौं उपत्यकाको आकाश धुम्मिएको छ ।