विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानमा अवैध लागूऔषधसहित चार जना पक्राउ


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

झापाको बिर्तामोड नगरपालिका-४ बाट १ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित बाह्रदर्शी गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशी लगायत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

सुर्खेतको भेरीगंगा नगरपालिका-१० तोली खोलाबाट करिब ३ ग्राम ४४ मिलिग्राम हेरोइनसहित सोही नगरपालिका-१३ बस्ने २० वर्षीय किरण चन्दलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छिन्छुबाट खटिएको प्रहरीले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको बा.४ ख ५३२८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त हेरोइनसहित फेला पारी गाडीमा सवार उनलाई पक्राउ गरेको हो।

बाँकेको खजुरा गाउँपालिका-७ बठवा चोकबाट करिब ५० ग्राम गाँजासहित सोही गाउँपालिका-४ डि गाउँ बस्ने १९ वर्षीय सुशान्त गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त गाँजा खजुरा गाउँपालिका-७ बठवा बस्ने २५ वर्षीय रहिस दर्जीको घरबाट किनी ल्याएको बताएपछि दर्जीको घरबाट थप ६ केजी लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ। हाल फरार दर्जीको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १२ : ५५ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले