एकसय भन्दाबढी नेता कार्यकर्ता एमालेबाट माओवादीमा प्रवेश « Khabarhub

एकसय भन्दाबढी नेता कार्यकर्ता एमालेबाट माओवादीमा प्रवेश


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सिराहा – सिराहामा चुनावको मुखमै नेकपा एमाले परित्याग गरी एक सय भन्दाबढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

गोल बजार-४ भट्टटोलमा एक समारोहको आयोजित कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा सिराहा क्षेत्र नम्बर ३ बाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विश्वनाथ साहले माला र अबिर लगाएर उनीहरूलाई स्वागत गरे। उनीहरू गोल बजार-४ का मदन यादव, नथुनी महरा (माइन्जन), गोविन्द महरा र गोल बजार- ६ का अरुण कुमार साहलगायत रहेका छन्।

नवआगन्तुकहरुलाई पार्टीमा स्वागत गर्दै नेता साहले आगामी मंसिर ४ को निर्वाचनको  कार्यमा जुट्न समेत अनुरोध गरेका छन्। उनले आफू पदमा रहँदा वा नहुँदा सधैँ जनताको सेवामा रहेको सुनाए। उनले भने, ‘मैले राजनीतिक जीवन सुरू गरेदेखि नै जनताको काममा निरन्तर लागिरहेको छु, सत्तामा हुँदा बढी र बाहिर रहँदा कम मात्र हो।’

सोही क्रममा उनले यो क्षेत्रको विकासको काममा पनि आफू सधैँ लागि परेको नेता साहले बताए। उनले यहाँको शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता हरेक पूर्वाधार विकासमा पनि आफ्नो पार्टीले काम गरेको बताए।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १ : ०६ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय