सागर ढकालले गर्दा झन् चर्चामा देउवा « Khabarhub

सागर ढकालले गर्दा झन् चर्चामा देउवा


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा प्रायजसो चुनावमा सँधै चर्चामा रहने गर्छन् । चर्चासँगै केही विवादमा पनि आउने देउवा यसपटक पनि डडेल्धुरा केन्द्रित चुनाव प्रचारलाई तीव्र बनाइरहेका छन् ।

दुई दिनअघि मात्रै देउवाले डडेल्धुरामा चुनावी सभा गरे । तर त्यसअघि नै डडेल्धुरालाई युवा उम्मेद्वार सागर ढकालले चर्चामा ल्याएका छन् । केही वर्ष पहिले बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवालाई प्रश्न गर्दा कार्यक्रममै हप्की दप्की खाएका ढकालले यसपटकको चुनावमा उनै देउवाविरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएर चुनाव लडेका छन् ।

स्वतन्त्र उम्मेद्वारी दिएपछि भन् चर्चामा आएका ढकाल तीन महिनाअघि देखि नै चर्चामा छन् । उनी उम्मेद्वारी घोषणा गरेदेखि डडेल्धुराकेन्द्रित घुमघाम र भ्रमणबाट पनि थप चर्चामा आइरहेका छन् ।

यही चर्चा उनले शनिबार डडेल्धुरामा आयोजित देउवाको चुनावी सभामा पनि दोहोर्याए । देउवा डडेल्धुरा पुगेपछि स्वागतका लागि लागेको लाइनमा घुसेर सागर ढकालले अनौठो चर्चा कमाए । सामान्यतया उम्मेद्वारले एक अर्कामा बराबरी हैसियत ठान्ने गरेका छन् ।

देखेपनि नदेखेझैँ गर्ने नेताहरुको प्रवृत्ति रहेका बेला सागर ढकालले देशको प्रधानमन्त्री समेत रहेका देउवालाई स्वागत गर्न माला लिएर लाइनमा लागे । यो पनि चर्चाका लागि एक गज्जब शैली थियो । देउवालाई स्वागत गरेपछि उनले कार्यक्रममा बोल्नका लागि समय मागे ।

त्यो समय माग्नु अगाडि उनले ट्वीटरमा ट्वीट गरे । जुन ट्वीटले झन् धेरै चर्चा पायो । देउवाको चुनावी सभामा बोल्न नपाएका सागर ढकालपछि काठमाडौँमा आरजु राणा देउवाको चर्चा झन् धेरै भयो । उडेर डडेल्धुरामा आउनेलाई भोट दिएर जिताउनुस् भन्दै आरजुले देउवालाई भोट माग्दा यसले आलोचना खेपेको छ ।

खासगरि सामाजिक सञ्जालमा आरजुको आलोचना गर्दै देउवालाई चर्चामा ल्याउने प्रयास जारी छ । तर यसले चर्चाभन्दा बढी देउवा विवादित बनेका छन् । आरजुको अभिव्यक्तिलाई लिएर पनि देउवाकै आलोचना गर्ने प्रवृत्ति स्वयंम कांग्रेसीमा बढी छ । डडेल्धुरामा चुनावी गर्दा देउवा कहिलेकाँही अभिव्यक्तिकै कारण विवादमा आउने गर्छन् ।

यसअघि गएको पाँच वर्षको चुनावमा देउवाले डडेल्धुराको चुनावी सभामा ‘कम्युनिष्टले जित बोल्न पनि दिँदैनन्, विरोध गर्न दिँदैनन्, तानाशाह लाद्छन’ भनेर भाषणा गरेका थिए । जुन निकै चर्चामा आयो । यसले चर्चा मात्रै पाएन । त्यतिबेला देउवाको भाषण गर्ने शैलीमाथि नै प्रश्न उठाइयो ।

तर ओलीले प्रधानमन्त्री भएको बेला मिडिया काउन्सिल विधेयक ल्याएर अभिव्यक्ति स्वतन्त्र नै कुण्ठित पार्न खोजेपछि देउवाको भनाई सही ठहरिएको भन्दै उनको तारिफ गरिएको थियो । देउवा सुदूरपश्चिमका टावर लिडर हुन् । देशकै जेठो पार्टीको सभापति र पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा यसपटक चुनाव जितेर फेरि प्रधानमन्त्री बन्ने दाउमा छन् । सोही कारण देउवाका स–साना गतिविधि पनि चर्चासँगै विवादमा आउने गरेका छन् ।

यसपटक देउवालाई भने सागर ढकालले नै बढी चर्चामा ल्याइरहेका छन् । डडेल्धुरामा चुनाव प्रसारका साथै घरदैलो गरिरहेका ढकाल एक महिनादेखि निर्वाचन क्षेत्रमा छन् । तर देउवा शनिबार डडेल्धुरा पुगेर फेरि काठमाडौँ आएका छन् ।

उनी उम्मेद्वार भएपनि प्रधानमन्त्री भएका कारण जिल्लामा बस्न सकेका छैनन् । यसैको फाइदा र एजेन्डा उठाउँदै सागर ढकाल यतिबेला चुनाव प्रसारलाई जोड दिइरहेका छन् । तर एमालेको मौन समर्थनका साथै कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीको साथले देउवा जित्ने सम्भावना धेरै छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १ : ४९ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको