प्याब्सनले प्रहरीका सन्तानलाई छात्रवृत्ति दिने « Khabarhub

प्याब्सनले प्रहरीका सन्तानलाई छात्रवृत्ति दिने


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरी श्रीमती सङ्घ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पूर्वप्रहरी परिवारका सन्ततीहरूलाई प्याब्सनमा आबद्ध सदस्य विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्कसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्याब्सनका सदस्य विद्यालयहरूमा विद्यालय शिक्षा कक्षा १ देखि १२ सम्म छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र एक सदस्य विद्यालयले एक विद्यार्थीलाई पूर्ण दिवा छात्रवृत्ति उपलब्ध गराउने तथा छात्रवृत्तिमा समावेश नभएकाको हकमा भर्नाशुल्क नलिने गरी विद्यार्थी भर्ना गरिने उल्लेख छ ।

नेपाल प्रहरी श्रीमती सङ्घका तर्फबाट सङ्घकी अध्यक्ष कुसुमलता सिंह र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का तर्फबाट अध्यक्ष डीके ढुङ्गानाले आज काठमाडौँमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सङ्घकी अध्यक्ष सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका अतिरिक्त प्राकृतिक प्रकोप, आपद् विपदमा समेत आफ्नो ज्यानको पर्वाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्वप्रहरी कर्मचारीहरूले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी प्याब्सनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् । उनले आगामी दिनमा समेत सङ्घ र प्याब्सनबीचको सहकार्य र समन्वय भइरहने बताइन् ।

प्याब्सनका अध्यक्ष ढुङ्गानाले राम्रो कामको थालनी भएको चर्चा गर्दै शान्ति सुरक्षाका लागि अनवरत खटिने प्रहरी कर्मचारीका सन्ततीलाई शैक्षिक सहयोग गर्न पाउँदा खुसी लागेको बताए । साथै नेपाल प्रहरी श्रीमती सङ्घसँगको समन्वय र सहकार्यमा शैक्षिक गुणस्तर स्तरोन्नति गर्न यस्ता सम्झौताले थप टेवा पुग्ने उनले बताए । उक्त सम्झौता आगामी २०८१ सालसम्म दुई वर्षका लागि लागू हुने बताइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ४० बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि