समता विद्यालयको सहयोगार्थ अमेरिकामा सांस्कृतिक कार्यक्रम « Khabarhub

समता विद्यालयको सहयोगार्थ अमेरिकामा सांस्कृतिक कार्यक्रम


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ । विभिन्न नौ राज्यमा गरिने कार्यक्रममा सहभागी हुन विद्यालयका संरक्षक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, विद्यालयका अध्यक्ष तथा परिकल्पनाकार उत्तम सञ्जेल अमेरिका पुगेका छन् । उक्त कार्यक्रमको सुरुआत अमेरिकाको न्यूयोर्कबाट शनिबार सुरु गरिएको छ ।

कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ कलाकार श्रेष्ठले भने, “हामी यो पटक अमेरिकामा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शैक्षिक क्षेत्रमा योगदान दिन अनुरोध गर्दै आइपुगेका छौँ । समता विद्यालय एउटा उत्कृष्ट शैक्षिक प्रतिष्ठानको नमूना भएको र यसका लागि विगत २२ वर्षदेखि एक जनाले चलाउँदै आउनुभएकाले यसमा हातेमालो गर्न अपिल गर्दै हामी आएका हौँ ।”

विभिन्न नौ वटा राज्यमा सांस्कृतिक कार्यक्रमसहित सहयोगार्थ कार्यक्रम आयोजना गरिन लागेको जानकारी दिँदै ग्लोबल सिनेटका अध्यक्ष प्रा. डा. उत्तम गौलीले नेपालको रूपान्तरण शिक्षाबाट मात्र सम्भव छ भन्ने विश्वासका साथ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान भएको बताए ।

उनका अनुसार शिक्षा क्षेत्रमा समता विद्यालयले सञ्चालन गरेको विद्यालयहरूलाई सहयोग गर्न विदेशमा बस्ने नेपालीहरुलाई निश्चित शुल्क तिरेर सिनेटरको उपाधि दिइने छ । यसरी उपाधि प्राप्त गरेका व्यक्तिले विद्यालयको सञ्चालनका लागि विभिन्न नीति नियम तय गर्न तथा रणनीति निर्माण गर्न सहयोगी भूमिका निर्वाह गर्नेछन् ।

गौलीले भने, “अमेरिकामा नेपाली समुदायले व्यक्त गरेको चासो र प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ ।” शनिबार न्यूयोर्कमा आयोजित कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको थियो । समता ग्लोबल सिनेटको आयोजनामा भएको बृहत् सुशोभन समारोह तथा सांस्कृतिक साँझमा नेपालीहरूको उल्लेख्य उपस्थिति थियो ।

मातृभूमिमा शिक्षाबाट बञ्चित बालबालिकाको सहयोगार्थ आरके फाउण्डेशन अमेरिकाको सहकार्यमा आयोजित समता साँझमा गायक रामृष्ण ढकाल, विमल डाँगी, निशा सुनारलगायत एक दर्जन कलाकारले गायन तथा नृत्य प्रदर्शन गरेका थिए । साथमा मह जोडीले समेत प्रस्तुति दिएको थियो ।

नेपालको ७७ जिल्लामा नै खोलिएका विद्यालयहरूमा समता विद्यालयमार्फत करिब ५० हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । एक सय रुपैयाँँ शुल्कमा कक्षा १ देखि स्नातकोत्तरसम्मको अध्ययन गर्न सकिने विद्यालयको संरक्षकमा महजोडी रहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ४७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ आज सकिँदै

भक्तपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र

विद्युत प्राधिकरणले ‘एई साथी’ कार्यान्वयनमा ल्याउँदै 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म

रुकुमपूर्व– हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा