एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन : ओली « Khabarhub

एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन : ओली


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताएका छन् ।

नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न आज आएका एमाले अध्यक्ष ओलीले खत्री पौवामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने बताएका छन् । आफू प्रधानमन्त्री भएको बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको उनको भनाइ थियो । चीनदेखि भारत जोडिने अन्तर्राष्ट्रिय राजमार्ग धादिङको क्षेत्र नम्बर १ मा पर्ने भएकाले विकासको यो निर्माण गर्ने जिम्मा एमालेले लिएको उनले बताए ।

धादिङको समस्याका रूपमा रहेको श्री ५ को बायुगुठी समस्या समाधान गर्न आफू लाग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले सडक निर्माणका कारण दुर्गम भन्ने गरिएको धादिङ अब दुर्गम नरहेको बताए। उनले धादिङमा एमालेले जित्ने र एमालेको आधिकारिक उमेदवार प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सदस्य भूमि त्रिपाठी र क्षेत्र नम्बर १ को (१) को प्रदेशसभा सदस्यमा रमेश आचार्य रहेकाले धादिङका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ३२ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न