निर्वाचनपछि गठबन्धनको सरकार बन्छ : मन्त्री कार्की « Khabarhub

निर्वाचनपछि गठबन्धनको सरकार बन्छ : मन्त्री कार्की


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ लोकतान्त्रिक–वाम गठबन्धनको सम्पर्क कार्यालयको आज उद्घाटन कार्यक्रममा उनले निर्वाचनबाट सत्ता गठबन्धनको दुई तिहाइ बहुमत आउने र गठबन्धनकै सरकार बन्ने दाबी गरे ।

प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ का लोकतान्त्रिक वाम–गठबन्धनका उमेदवारसमेत रहनुभएका मन्त्री कार्कीले जनताले चाहेको विकास र समृद्धिको अभिलाशालाई कांग्रेस नेतृत्वको गठबन्धन सरकारले पूरा गर्ने विश्वास दिए। सामाजिक एकता र सद्भाव अभिवृद्धि नगरी राष्ट्रिय एकता सम्भव नहुने बताउँदै उनले देशमा राजनीतिक स्थिरता आवश्यक भएकाले त्यसका लागि गठबन्धनको सरकार आवश्यक रहेको स्पष्ट पारे।

उनले सुनसरी खोलामा वर्षेनी आउने बाढीका कारण स्थानीयवासी सधैँ डुबान, कटानको समस्याबाट पीडित भएकाले त्यसको दीर्घकालीन समाधानका लागि बाँध निर्माणका लागि सरकारले बजेट विनियोजन गरिसकेको बताए । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ४९२० का उमेदवार हाजी इसराइल मंसुरीलगायतका पार्टीका नेता तथा कार्यकर्ताले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : ०६ बजे

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई

शिक्षामा स्वजागरणको अभ्यास : अभिभावक-विद्यालयले के गर्ने ? 

काठमाडौं– भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो ।