मतदातालाई जागरुक बनाउन नमूना मतदान « Khabarhub

मतदातालाई जागरुक बनाउन नमूना मतदान


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल बनाउन मकवानपुर जिल्लामा नमूना मतदान कार्य सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाद्वारा प्रथम पटक मकवानपुरको बाग्मती गाउँपालिकास्थित झुरझुरेमा आज नमूना मतदान गरेको जनाएको छ ।

मतपत्र बदर हुन नदिने उद्देश्यले आयोजना गरिएको नमूना मतदानबाट मतदातालाई कति ठाउँमा मतदान दिने र कसरी मतदान गर्ने भनेर जागरुक बनाउन कार्यक्रम गरिएको कार्यालयका कार्यालय प्रमुख लुम्वनाथ पोखरेलले जानकरी दिए । त्यहाँ नमूना मतदानमा महिला र पुरुष गरी ५३ जना मतदाता सहभागी रहेका थिए ।

नमूना मतदानका क्रममा प्रतिनीधिसभा प्रत्यक्षको मात्र मतगणना गरिएको थियो । जसमा खसेको ५३ मतमा ५२ वटा मत सदर भएको थियो भने एक मत बदर भएको प्रमुख पोखरेलले भने । यसपछि मकवानपुरको वकैया गाउँपालिकालगायत विभिन्न स्थानमा नमूना मतदान हुने सो कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : ५३ बजे

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको