मधेश सरकारले ९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै | Khabarhub Khabarhub

मधेश सरकारले ९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई वर्षअघि कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल बाँडेको मधेश प्रदेश सरकारले यस वर्ष ९ कक्षामा अध्ययनरत छात्रालाई झोला वितरण गर्ने भएको छ।

अघिल्लो वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा अनियमितता भएको आशंका गर्दै त्यससम्बन्धी फाइलहरू मुख्यमन्त्रीको कार्यालयबाट लिएर गएको थियो। त्यसपछि आयोगले १० जना कर्मचारी र साइकल बिक्री गर्ने कम्पनीविरुद्ध मुद्दा नै दायर गरेको थियो।

यसपटक पनि मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयमातहतको शिक्षा विकास निर्देशनालयले एउटा कम्पनीलाई ठूलो धनराशी खर्चिएर झोला खरिदको ठेक्का दिएको छ। न्यु आनन्द ट्रेड हाउस प्रालीसँग चार करोड ९६ लाख ९३ हजार ६ सय ८२ रुपैयाँमा ज्योमेट्रिक बक्ससहितको ब्याग खरिद गर्न लागेको हो। सबैभन्दा कम कबोल गरेको भन्दै झोला किन्न लागेको निर्देशनालयले जानकारी दिएको छ।

यी सबै कार्यक्रम प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका रुपमा ल्याइरहेको छ। अभियान अन्तर्गत साइकल वितरणलाई चालु आर्थिक वर्षको बजेटमार्फत निरन्तरता दिइएको छ। यसमा सम्बन्धित विद्यालयको सिफारिशमा विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको छ। यसअघि मुख्यमन्त्री कार्यालयले आफैं साइकल वितरण गर्दै आएको थियो।

साइकल वितरणमा अनियमितता भएको र अख्तियारले समेत छानबिन गरिरहेको अवस्थामा अब सम्बन्धित विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको हो। कक्षा १२ मा अध्ययनरत छात्राका लागि ल्यापटप वितरण योजना ल्याइएको छ। अभियानका लागि ७७ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : ५३ बजे

अर्थसंक्षेप : कोशी र गण्डकीका सहकारीबाट अर्बौँ बचत गायब, ओरालो यात्रामा नेप्से

काठमाडौं– कोशी र गण्डकीका दर्जनौं सहकारीले बचतकर्ताको अरबौं बचत अपचलन

विश्वकपको एसिया छनोटमा नेपालसंग थाइल्यान्ड ६७ रनले पराजित

काठमाडौं– आईसीसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित

सिङ्गारिँदै सिरहाका छठ घाट

सिरहा– छठ पर्वको दोस्रो दिन आज यहाँका नदी, खोला, पोखरी

सरकारलाई सघाउन कांग्रेस-एमालेले बनाए ८ सदस्यीय संयन्त्र

काठमाडौं- सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु

बेरुत– दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी