सुपरमादीको आईपीओ खुल्यो, पुस ५ गतेसम्म भर्न पाइने « Khabarhub

सुपरमादीको आईपीओ खुल्यो, पुस ५ गतेसम्म भर्न पाइने


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले मंगलबारबाट पुस ५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ।

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ। यसको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ।

कास्कीको विभिन्न गाउँपालिका तथा नगरका बासिन्दाले सेयर पाउने छन्। यसबाहेक कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता सेयर जारीगर्ने छ। यसको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई छुट्याइएको छ।

कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने छ। कम्पनीले ८ अर्ब ३५ करोड अनुमानित लागतमा परियोजना विकास गरिरहेको छ। यसको प्रति मेगावाट लागत १८ करोड ९७ लाख रुपैयाँ छ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ९ : ४४ बजे

वालेन्द्र क्याबिनेटमा पुगे ६ महिला सदस्य, ३७ प्रतिशत सहभागिता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा उल्लेखनीय रूपमा महिला सहभागी

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट