पाँच करोडको सुन्तला उत्पादन « Khabarhub

पाँच करोडको सुन्तला उत्पादन


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् ।

सिम्ले गाउँमा मात्र व्यवसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक किसानले ५ लाखदेखी २८ लाखसम्म आम्दानी गर्ने अनुमान छ । गत वर्ष २८ लाखको सुन्तला बिक्री गरेका रेवती प्रसाद पौडेलपनि यतिवेला सुन्तला टिप्न ब्यस्त छन् । २० रोपनीमा सुन्तला खेती गरेका पौडेलको बंगैचामा ५ सय ५५ सुन्तलाका विरुवा छन् । यो वर्ष करिब २५० क्विन्टल सुन्तला उत्पादन हुने पौडेलको अनुमान छ ।

२५ वर्षदेखि पारिवारिक रुपमा व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेका माधव पौडेलको बारीमा ५०० सुन्तलाका बोट छन् । पेशाले पत्रकारीतासमेत गर्दै आएका पौडेलले १५ रोपनीमा सुन्तला लगाएका छन् । सुन्तला बगैँचाबाटै हिजोआज प्रतिकेजी ७० रुपैयाँमा बिक्री भएको छ ।   

उत्पादित सुन्तला बेमौसममा बिक्री गर्नका लागि लुम्बिनी प्रदेश सरकार र स्थानीय कृषकहरूको अग्रसरमा ५० प्रतिशत अनुदानमा शिवशक्ति शीत भण्डारको स्थापना गरिएको छ । यद्यपि गतवर्ष कोल्डस्टोरमा राखिएका सुन्तला चुहिएपछि यो वर्ष कोल्ड स्टोरमा सुन्तला राख्ने कि नराख्ने भन्नेमा किसानहरू दोधारमा छन् । 

गतवर्षभन्दा सुन्तला उत्पादन बढेको अर्घाखाँचीमा यो वर्ष करिब २५ करोडको सुन्तला उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परीयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ । अर्घाखाँचीमा पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खन, साकिन्धारा, लगाएतका ठाउँका करिब १२०० हेक्टरमा सुन्तला खेती गरिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १० : ३४ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति