पाँच करोडको सुन्तला उत्पादन « Khabarhub

पाँच करोडको सुन्तला उत्पादन


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् ।

सिम्ले गाउँमा मात्र व्यवसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक किसानले ५ लाखदेखी २८ लाखसम्म आम्दानी गर्ने अनुमान छ । गत वर्ष २८ लाखको सुन्तला बिक्री गरेका रेवती प्रसाद पौडेलपनि यतिवेला सुन्तला टिप्न ब्यस्त छन् । २० रोपनीमा सुन्तला खेती गरेका पौडेलको बंगैचामा ५ सय ५५ सुन्तलाका विरुवा छन् । यो वर्ष करिब २५० क्विन्टल सुन्तला उत्पादन हुने पौडेलको अनुमान छ ।

२५ वर्षदेखि पारिवारिक रुपमा व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेका माधव पौडेलको बारीमा ५०० सुन्तलाका बोट छन् । पेशाले पत्रकारीतासमेत गर्दै आएका पौडेलले १५ रोपनीमा सुन्तला लगाएका छन् । सुन्तला बगैँचाबाटै हिजोआज प्रतिकेजी ७० रुपैयाँमा बिक्री भएको छ ।   

उत्पादित सुन्तला बेमौसममा बिक्री गर्नका लागि लुम्बिनी प्रदेश सरकार र स्थानीय कृषकहरूको अग्रसरमा ५० प्रतिशत अनुदानमा शिवशक्ति शीत भण्डारको स्थापना गरिएको छ । यद्यपि गतवर्ष कोल्डस्टोरमा राखिएका सुन्तला चुहिएपछि यो वर्ष कोल्ड स्टोरमा सुन्तला राख्ने कि नराख्ने भन्नेमा किसानहरू दोधारमा छन् । 

गतवर्षभन्दा सुन्तला उत्पादन बढेको अर्घाखाँचीमा यो वर्ष करिब २५ करोडको सुन्तला उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परीयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ । अर्घाखाँचीमा पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खन, साकिन्धारा, लगाएतका ठाउँका करिब १२०० हेक्टरमा सुन्तला खेती गरिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १० : ३४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने