ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता « Khabarhub

ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता

युवा र स्वतन्त्र उम्मेद्वारको उदयले शीर्ष नेतालाई चस्का !


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसद् विघटन गरेको, वाम गठबन्धन भत्काएको, स्थिरता दिन नसकेको आरोपसहित झण्डै एक वर्षअघि सत्ता गठबन्धन बन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति प्रतिशोध थियो । खासगरी एमालेसँग सहकार्य गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली व्यवहारका कारण धोका खाएर कांग्रेसको कित्तामा आएका थिए ।

आफू प्रधानमन्त्री बन्न नपाएको झोकमा उनले एमालेसँगको गठबन्धन तोड्ने तयारी गर्दा ओलीले त्यसैबेला संसद् विघटन गरेका थिए । संसद् विघटन गरेपछि संविधानको रक्षा गर्ने भन्दै कांग्रेस, माओवादी, एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी, जसपा लगायतका दलहरू एक ठाउँमा आएका थिए ।

त्यतिबेला गठबन्धन गरेर ओलीको संसद् विघटनलाई बदर गराउन सर्वोच्च अदालत पुगेका दलहरू चुनावमा जाँदा पनि सफल भएका छन् । र, उनीहरूले सबै दल मिलेर सरकार बनाउन सक्ने हैसियत बनाएका छन् ।

कांग्रेसकै नेतृत्वमा सरकार बन्दा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्त पार्टी मिलेमा सहजै सत्ता गठबन्धनकै सरकार बन्ने देखिन्छ । एमालेसँग चुनावी सहकार्य गरेको जसपाले धोका भएको भन्दै सत्ता गठबन्धनसँगै सरकारमा जाने संकेत दिएको छ ।

सत्ता स्वार्थ मिलेको खण्डमा राप्रपा पनि सरकारमा आउने सम्भावना छ । त्यो सम्भावनाले एमालेविरुद्धको गठबन्धनलाई अर्को बल मिल्ने देखिन्छ । कांग्रेस, माओवादी, समाजवादी मिलेर चुनावमा जाँदा पनि एमालेले लोकप्रिय मत ल्याउँदा अब पाँच वर्ष नै ओलीविरुद्धको गठबन्धन जाने देखिन्छ ।

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले चुनावमा सफलता हात लागेको भन्दै विज्ञप्ति जारी गरेका छन् । संसद् विघटनविरुद्ध एक भएका दलहरूले चुनावसम्मै कम्तीमा पाँच वर्ष सरकार चलाउने गरि औसत बहुमत पाउनुलाई संविधानको रक्षाका रुपमा उनीहरुले बुझेका छन् ।

यसलाई दिगो रुपमा लैजाने उनीहरूको योजना छ । तर सत्ता गठबन्धनका नेताहरुले सफलता उत्सव मनाउँदा चुनौति र चस्का धेरै छन् । यसपटक गगन थापाको चर्को स्वरजसरी रवि लामिछाने पार्टीको उदय भएको छ ।

रवि लामिछाने तिनै व्यक्ति हुन्, जसले चर्को स्वर गरेर नेताहरूलाई गाली गर्दै जनताको माग सम्बोधन गर्न विभिन्न निकायसँग लबी गर्थे । दलका नेताहरुबाट आजित भएका जनताको मन जित्दै रविले यसपटकको चुनावमा आफ्नो पार्टीका लागि प्रत्यक्षमा ७ सिट जितेका छन् ।

समानुपातिकमा माओवादीकै हैसियतमा रहेको रवि पार्टीले यसपटक प्रतिनिधिसभामा कम्तीमा २० सिटजति पाउने सम्भावना छ । यो उसका लागि निकै ठूलो शक्ति हो । पार्टी गठन गरेको ६ महिनामै चुनाव जितेर संसद्को चौथो ठूलो दल बन्नु आफैँमा ठूलो सफलता हो ।

त्यसतर्फ ध्यान नदिएका नेताहरूलाई भोलिका दिनमा जनताको माग सम्बोधन गर्न नसकेमा झन् ठूलो चुनौति आइलाग्ने निश्चित जस्तै छ । त्यसतर्फ समयमै ध्यान दिएर ठूला पार्टीका ठूला नेताहरूले साना साना कुरा नसुधार्ने हो भने गठबन्धन सफल हुने नभई आउँदो चुनावमा युवाहरूकै वर्चश्व संसद्मा हुने निश्चित जस्तै छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १ : ०२ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम