सुपर मादी हाइड्रोपावरको आइपिओ खुला | Khabarhub Khabarhub

सुपर मादी हाइड्रोपावरको आइपिओ खुला


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १२ लाख ६० हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) स्थानीयका लागि बिक्री खुला गरेको हो ।
आयोजनाले प्रभाव पार्ने कास्की जिल्लाको मादी गाउँपालिका १ र २ का स्थानीयका लागि तीन लाख १५ हजार कित्ता तथा सोही गाउँपालिकाका ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिकाको २६, २७ र २८ वडाका स्थानीय बासिन्दाका लागि सात लाख ३५ हजार कित्ता शेयर निष्कासन हुने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ । 

त्यस्तै श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई भने कम्पनीले दुई लाख १० हजार कित्ता शेयर निष्कासन गरेको छ । स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले आगामी पुस ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे पुस २० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ । 

कम्पनीले कास्कीको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले एनसिसी बैंक, कुमारी बैंक तथा माछापुच्छ्रे बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको आयोजनास्थलबाट शेयर खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेको नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत आवेदन दिन सकिने छ । 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी’ प्रमाणपत्र प्रदान गरेको छ । 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  २ : २७ बजे

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व संकलन

 दोधारा चाँदनी – सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले

धितोपत्रको आइजीन छुट्याउन ५ वटा प्रमाण चाहिने

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विचाराधीन ‘धितोपत्र अभौतिकीकरण कार्य

कांग्रेसले पार्टीको नक्कली लेटरप्याड र छाप प्रयोग गरेर विदेशिएकाको निगरानी गर्ने

काठमाडौं– नेपाली कांग्रेस रोल्पाले पार्टीको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर

चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

चितवन– माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले

अनुदानलाई निरन्तरता नदिए भदौदेखि आन्दोलन थाल्ने उखु किसानको चेतावनी 

महोत्तरी– उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा