बगैँचारभरी लटरम्मै सुन्तला, बजारको अभाव « Khabarhub

बगैँचारभरी लटरम्मै सुन्तला, बजारको अभाव


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मुसिकोट- रुकुम पूर्व सिस्ने गाउँपालिका-८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ । बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उनी सुन्तलाले बजार नपाउँदा भने निराश  भएका छन् । एकातिर बजारसम्मको सहज पहुँच छैन भने अर्कोतर्फ सुन्तलाले उचित मूल्य पनि नपाउने अवस्था छ । समयमा बिक्री गर्न नसक्ने सुन्तलालाई भण्डारनका लागि चिस्यान केन्द्रको सुविधा पनि छैन । 

नाथले १० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट बर्सेनि दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने नाथले यस वर्ष पनि दुई लाख बराबरको सुन्तला बिक्री गर्ने योजना रहेको बताए । एउटा बोटबाट रु चार हजार बराबरको सुन्तला बिक्री भए चार लाख आम्दानी हुने उनको हिसाब छ । 

सोही ठाउँका अर्का किसान गोपाल पुनले पनि ३४ रोपनी क्षेत्रमा सुन्तला खेती गरेका छन् । उनका बारीमा सुन्तलाका एक हजार बोट छन् । तर सबै बोटले फल दिँदैनन् केही सुन्तलाको बोट साना छन् । उनले सुन्तलाबाट गत वर्ष एक लाख ८० हजार आम्दानी गरेका थिए ।

सिस्ने गाउँपालिका अन्तर्गत वडा नं ७ र ८ मा राम्रो सुन्तला उत्पादन हुन्छ । वडा नं ८ मा मात्रै करिब ४० वटा सुन्तलाका बगैँचा छन् । सबै बगैँचामा सुन्तला फलेका छन् तर बजार नपाउँदा त्यत्तिकै खेर जाने डर किसानहरुमा छ । गाउँमा व्यापारीहरू सुन्तला खरिद गर्न नआउँदा किसानहरु आफैँले सुन्तला बोकेर रुकुम पश्चिमको खलङ्गा र रुकुम पूर्वको रुकुमकोटसम्म जान बाध्य छन् ।

सुन्तला भण्डारका लागि गाउँपालिकाले चार वर्षअघि निर्माण गरेको चिस्यान केन्द्र प्रयोगमा आउन सकेको छैन । यतिबेला झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखानी र भुरुङ्गामा सुन्तला पाकेर पहेँलै भएका छन् । 

गाउँपालिकाले भने सुन्तला बिक्रीका लागि बजार व्यवस्थापनको पहल भइरहेको दाबी गरेको छ । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले हाल एउटा सहकारीसँगको सहकार्यमा सुन्तला बिक्रीको व्यवस्था गर्न लागिएको बताए।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : १४ बजे

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया