१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीद्वारा उद्घाटन « Khabarhub

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीद्वारा उद्घाटन


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भैरहवा– जोश र उत्साहका लागि खेलकुद’ भन्ने नाराका साथ १९औ सामूहिक खेलकुद महोत्सव मंगलबारबाट सुरु भएको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका प्रतिस्पर्धात्मक क्रियाकलापको विकास गर्न १९ वर्षअघिदेखि प्रतियोगिता आयोजना गरेको हो । 

महोत्सवको उद्घाटन भलिबल राष्ट्रिय टिम(महिला)की कप्तान अरुणा शाहीले गरेकी छन् । उद्घाटनपूर्व खेलकुद र्‍याली भैरहवाको बुद्धचोकबाट निस्केको थियो । र्‍यालीमा छात्रछात्रा, शिक्षक, प्रशिक्षक तथा शुभेच्छुकहरुको सहभागिता थियो ।

निजी विद्यालयहरूबीच आपसी सम्बन्ध कायम राख्दै विद्यार्थी, शिक्षक र अभिभावकमा पनि सम्बन्ध जोड्न प्रतियोगिताले भूमिका खेल्दै आएको छ । शिक्षाका साथै सामाजिक र खेलकुदमा पनि उत्तरदायित्व बहन गर्दै परिवारले विविध कार्यक्रम गर्दै आएको अध्यक्ष उदयकुमार मल्लिकले बताए । 

प्रतियोगिताको मुख्य उद्देश्य छात्र तथा छात्रालाई शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य राख्नु तथा उनीहरूमा रहेको प्रतिभालाई बाहिर ल्याउने प्लेटफर्मको सिर्जना गर्नु रहेको खेलकुद महोत्सवका संयोजक मनोजकुमार यादवले बताए । समूहमा आबद्ध १८ विद्यालयका एक हजार ४ विद्याथीहरूबीच हुने खेल महोत्सव तीन तहमा विभाजन गरी प्रतियोगिता गराइने उनको भनाइ छ ।

कक्षा १ देखि ३ सम्मको सबजुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७देखि १० सम्मका सिनियर गरी तीन तहमा हुने प्रतियोगितालाई छात्रा र छात्र गरी दुई विधामा प्रतियोगिता गराइने संयोजक यादवले बताए । प्रतियोगिता कोभिडका कारण दुई वर्ष स्थागित भएको थियो । 

२० देखि २३ मंसिरसम्म हुने चार दिने खेल महोत्सवमा सय मिटरदेखि आठ सय मिटरसम्मका दौड, सय गुणे चार रिले दौड, स्किपिङ दौड, बोरा दौड, तीन खुट्टे दौड, लङजम्प, सटपुट र भलिबल खेलहरू हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ५ : ०२ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको