सैन्य र सुरक्षाका विषयमा बोल्दा विवेक पुर्‍याउन जापानलाई चीनको चेतावनी « Khabarhub

सैन्य र सुरक्षाका विषयमा बोल्दा विवेक पुर्‍याउन जापानलाई चीनको चेतावनी


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले जापानलाई सैन्य र सुरक्षाका विषयमा बोल्दा विवेक पुर्‍याउन चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले सुरक्षाका विषयमा बोल्दा जापानी पक्षले विवेकपूर्ण ढङ्गले बोल्नुपर्ने र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि थप काम गर्नुपर्ने टिप्पणी गरेकी हुन् ।

प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा जापानको बढ्दो रक्षा बजेटसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त टिप्पणी गरेकी हुन् ।

माओले जापानको रक्षा बजेट लगातार १० वर्षसम्म बढेको बताउँदै यस्तो कदमले एसियाली छिमेकी र अन्तर्राष्ट्रिय समुदायबीच कडा आशंका पैदा गरेको बताएकी छिन् ।

‘जापान विशेष रक्षाउन्मुख नीति र शान्तिपूर्ण विकासको बाटोमा अडिग रहन सक्छ । जापानले आफ्नो आक्रामकताको इतिहासलाई गम्भीरताका साथ चिन्तन गर्नुपर्छ । आफ्ना एसियाली छिमेकीहरूको सुरक्षा चासोको सम्मान गर्नुपर्छ ।’ उनले भनिन्, ‘सैन्य र सुरक्षा क्षेत्रमा विवेकपूर्ण ढङ्गले बोल्नुपर्छ र काम गर्नुपर्छ जसले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि अनुकूल वातावरण निर्माण हुन्छ ।’

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ६ : २७ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका