सैन्य र सुरक्षाका विषयमा बोल्दा विवेक पुर्‍याउन जापानलाई चीनको चेतावनी « Khabarhub

सैन्य र सुरक्षाका विषयमा बोल्दा विवेक पुर्‍याउन जापानलाई चीनको चेतावनी


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले जापानलाई सैन्य र सुरक्षाका विषयमा बोल्दा विवेक पुर्‍याउन चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले सुरक्षाका विषयमा बोल्दा जापानी पक्षले विवेकपूर्ण ढङ्गले बोल्नुपर्ने र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि थप काम गर्नुपर्ने टिप्पणी गरेकी हुन् ।

प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा जापानको बढ्दो रक्षा बजेटसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त टिप्पणी गरेकी हुन् ।

माओले जापानको रक्षा बजेट लगातार १० वर्षसम्म बढेको बताउँदै यस्तो कदमले एसियाली छिमेकी र अन्तर्राष्ट्रिय समुदायबीच कडा आशंका पैदा गरेको बताएकी छिन् ।

‘जापान विशेष रक्षाउन्मुख नीति र शान्तिपूर्ण विकासको बाटोमा अडिग रहन सक्छ । जापानले आफ्नो आक्रामकताको इतिहासलाई गम्भीरताका साथ चिन्तन गर्नुपर्छ । आफ्ना एसियाली छिमेकीहरूको सुरक्षा चासोको सम्मान गर्नुपर्छ ।’ उनले भनिन्, ‘सैन्य र सुरक्षा क्षेत्रमा विवेकपूर्ण ढङ्गले बोल्नुपर्छ र काम गर्नुपर्छ जसले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि अनुकूल वातावरण निर्माण हुन्छ ।’

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ६ : २७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण