पाकिस्तानमा वैदेशिक लगानी ५२ प्रतिशतले घट्यो « Khabarhub

पाकिस्तानमा वैदेशिक लगानी ५२ प्रतिशतले घट्यो


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालू आर्थिक वर्षको पहिलो चार महिनामा पाकिस्तानमा प्रत्यक्ष वैदेशिक लगानी ५२ प्रतिशतले घटेको पाइएको छ । खराब आर्थिक अवस्था एवम् राजनीतिक अस्थीरताका कारण वैदेशिक लगानी घटेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

पाकिस्तानको केन्द्रिय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले चालू आर्थिक वर्षको जुलाईदेखि अक्टोबर महिनासम्म पाकिस्तानमा केबल ३४ करोड ८३ लाख डलर बराबर वैदेशिक लगानी भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो ७२ करोड ६५ लाख डलर रहेको डनले उल्लेख गरेको छ ।

पछिल्ला केही वर्षयता पाकिस्तानमा वैदेशिक लगानी घट्दै गएको जनाइएको छ । यस अवधिमा पाकिस्तानमा सबैभन्दा धेरै चीनबाट वैदेशिक लगानी भित्रिएको छ ।

डनले जनाएअनुसार यस अवधिमा चीनबाट पाकिस्तानले ७ करोड ४८ लाख डलरको लगानी भित्र्याएको छ । अघिल्लो वर्षको यही अवधिमा चीनबाट पाकिस्तानमा ९ करोड ९५ लाख डलर लगानी आएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : २८ बजे

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले