शुक्रबार सन्तोषी माताको व्रत बस्नुहोस् (पूजा विधिसहित) « Khabarhub

शुक्रबार सन्तोषी माताको व्रत बस्नुहोस् (पूजा विधिसहित)


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको नाममा ब्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् ।

आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको वर्त बस्ने गरिन्छ । सन्तोषी मातालाई हिन्दु धर्ममा सन्तोष, सुख, वैभवकी माताको रुपमा पुजिन्छ ।

धार्मिक मान्यता अनुसार माता सन्तोषी भगवान गणेशकी पुत्री हुन् । सन्तोषी माताले हामीलाई सन्तोष दिएर हाम्रो जीवनमा खुसी प्रवाह गर्छिन्।

माता सन्तोषीको व्रत तथा पूजा गर्नाले धन, सन्तान, विवाह आदि भौतिक सुख शान्ति मिल्ने विश्वास गरिन्छ । यो व्रत शुक्ल पक्षको प्रथम शुक्रबारबाट आरम्भ गरिन्छ ।

खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् । माताको ब्रत भौतिक सुख प्राप्तिको लागि बस्ने गरिन्छ । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

सुख–सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बसेपछि सन्तोषीमाताको ब्रत पूरा हुन्छ । सन्तोषी मातालाई धनकी देवी लक्ष्मीको अवतारका रुपमा समेत लिइन्छ ।

पूजा विधिका लागि आवश्यक सामग्री

सन्तोषी माताको तस्वीर
कलश
पानको पात
फूल
प्रसादका रुपमा चना तथा गुड
आरतीका लागि कपूर
अगरबत्ती
दीपक
हल्दी
कुमकुम
कलश स्थापनाका लागि नरिवल
पहेलो अक्षता

यी सामग्रीहरु तयारी पारेपछि सूर्यदय हुनुपूर्व नै उठेर घरलाई सरसफाई गर्नुस् । नुवाई धुवाई गरेर पूजा प्रारम्भ गर्नुपर्छ ।

सवैभन्दा पहिले घरको पवित्र स्थानमा सन्तोषीमाताको तस्वीर, मूर्ति, प्रतिमा राख्नुस् । उक्त तस्वीर नजिकै एक सफा भाँडोमा पानी भरेर त्यसमा चना र गुड राख्नुपर्छ । प्रतिमाको नजिक कलस राखी गाईको घ्यूको दियो, अगरबत्ती बाल्नुहोस् । पूजा सामग्रीहरु फूल, पानको पात, पहेलो अक्षता, कुमकुम, नरिवललगायत प्रतिमाको वरिपरि राख्नुस् ।

त्यसपछि सन्तोषीमाताको कथा वाचन गर्नुस् । पूजा सम्पन्न गरिसकेपछि अन्य भक्तजनहरुलाई उक्त गुड र चना प्रसादका रुपमा बाड्नुस् ।

घरलाई पवित्र बनाउन उक्त भाँडोमा भएको पानी घरका कुना कुनामा छर्नुस् । हरेक शुक्रबार (१६ शुक्रबार) सम्म यही विधि अपनाउनुपर्छ ।

जुन दिन व्रतको समापन गरिन्छ त्यो दिन ८ जना बच्चालाई खीर र पुरीको भोजन गराउनुपर्छ । यसका साथै ती बालबालिकाहरुलाई दक्षिणका साथ केरालाई प्रसादका रुपमाा ग्रहण गराउनुपर्छ ।

सन्तोषी माताको व्रत बस्ने व्रतालुले अमिलो फलफू, सागसब्जी सेवन गर्नुहुँदैन ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ५ : ४५ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण