प्रधानमन्त्री कप क्रिकेट : पहिलो पटक टि–२० शैलीमा « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : पहिलो पटक टि–२० शैलीमा


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् ।

यही पुस २६ देखि माघ ५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभागीय दुई बलिया टोली एकै समूहमा परेका हुन् । समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन् ।

त्यसैगरी समूह बी मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् । उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

प्रधानमन्त्री कप क्रिकेट पहिलो पटक टि–२० शैलीमा हुन लागेको हो । यसअघि एक दिवसीय शैलीमा हुँदै आएको थियो । आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट ए लाई मध्यनजर गर्दै यसपटक भने टि–२० शैलीमा आयोजना गर्न लागिएको क्यानले जनाएको छ ।

यही पुस २६ गते हुने उद्घाटन खेलमा आर्मी र कर्णाली प्रदेश भिड्नेछन् । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । सोही दिन त्रिवि मैदानमा नै एपिएफ र प्रदेश २ बीच पनि खेल हुनेछ । सोही दिन उता मूलपानीमा पहिलो खेलमा पुलिस र सुदूरपश्चिम भिड्नेछन् भने दोस्रो खेलमा बागमती र लुम्बिनीबीच खेल हुनेछ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ६ : २६ बजे

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

काठमाडौँ – भारत भ्रमणको तेस्रो दिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल

‘ऊर्जा र व्यापारमा लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह’

नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको

आजको मौसम : कुन प्रदेशमा कस्तो हुनेछ? 

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं –  नेपाल राष्ट्र बैंकले आज जेठ १९ गते शुक्रबारका

शुक्रबार, शुक्र, सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ।