प्रधानमन्त्री कप क्रिकेट : पहिलो पटक टि–२० शैलीमा « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : पहिलो पटक टि–२० शैलीमा


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् ।

यही पुस २६ देखि माघ ५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभागीय दुई बलिया टोली एकै समूहमा परेका हुन् । समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन् ।

त्यसैगरी समूह बी मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् । उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

प्रधानमन्त्री कप क्रिकेट पहिलो पटक टि–२० शैलीमा हुन लागेको हो । यसअघि एक दिवसीय शैलीमा हुँदै आएको थियो । आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट ए लाई मध्यनजर गर्दै यसपटक भने टि–२० शैलीमा आयोजना गर्न लागिएको क्यानले जनाएको छ ।

यही पुस २६ गते हुने उद्घाटन खेलमा आर्मी र कर्णाली प्रदेश भिड्नेछन् । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । सोही दिन त्रिवि मैदानमा नै एपिएफ र प्रदेश २ बीच पनि खेल हुनेछ । सोही दिन उता मूलपानीमा पहिलो खेलमा पुलिस र सुदूरपश्चिम भिड्नेछन् भने दोस्रो खेलमा बागमती र लुम्बिनीबीच खेल हुनेछ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ६ : २६ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट