युभेन्ट्स र नेपोलीले बराबरी खेल्दै अंक बाँडे « Khabarhub

युभेन्ट्स र नेपोलीले बराबरी खेल्दै अंक बाँडे


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ‘ए’मा बिहीबार राति युभेन्ट्सले घरेलु मैदानमा नेपोलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

एक गोलले पछि परेको युभेन्ट्स बराबरी गर्न सफल भएको थियो । खेलको २३ औं मिनेटमा ड्रिएस मेर्टिन्सको गोलसँगै नेपोलीले १-० को अग्रता बनायो । खेलको ५४ औं मिनेटमा फेडरिको चिइसाले बराबरी गोल गरे ।

बाँकी समय दुबै टोलीले गोलको प्रयास गरे पनि सदुपयोग भएन। बराबरीसँगै युभेन्ट्स २० खेलबाट ३५ अंक जोडेर पाँचौ स्थानमा छ भने नेपोली ४० अंक जोडेर तेस्रो स्थानमा छ ।

सिरी ए कै अर्को खेलमा ९ खेलाडीमा सिमित रोमालाई ३-१ ले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर ४६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ८ : ४० बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच