संक्रमण बढेसँगै कतारको लुसेलमा खुल्यो १० लेनको ड्राइभ थ्रु पीसीआर परीक्षण केन्द्र  « Khabarhub

संक्रमण बढेसँगै कतारको लुसेलमा खुल्यो १० लेनको ड्राइभ थ्रु पीसीआर परीक्षण केन्द्र 


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा ओमिक्रोन भाइरस संक्रमण ह्वात्तै बढेर पीसीआर परीक्षण गर्ने भीड बढेसँगै यहाँको लुसेलमा ड्राइभ थ्रु पीसीआर परीक्षण केन्द्र खुलेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार लुसेल खेलकुद कम्प्लेक्सनजिकै एउटा ड्राइभ-थ्रु कोभिड-१९ परीक्षण केन्द्र खोलिएको जनाएको छ ।

भिड निकै बढेपछि र विदेश यात्रा गर्नुपर्नेले बेलैमा रिपोर्ट पाउन नसक्दा कैयनले उड्न नपाएपछि बिहिबार अपरान्ह ४ बजे देखि लुसेलमा १० लेनको ड्राइभ थ्रु पीसीआर परीक्षण सुविधा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

हरेक दिन बिहान ८ बजेदेखि राति १० बजेसम्म परीक्षण गरिने यो सुविधा केन्द्रमा दैनिक ५ हजार जनाको पीसीआर गर्ने बताइएको छ । कतार सरकारले पीसीआर परीक्षण माग र चाप रहुञ्जेल यो सुविधा जारी राख्ने जनाएको छ ।

केन्द्रमा अन्तिम प्रवेश बेलुकीको ९ बजे हुनेछ। कार नभएकाहरूले ट्याक्सीमा केन्द्रमा जान सक्नेछन् । कतारी आइडी, हेल्थ कार्ड र एह्तरेज एप अनिवार्य हुनु पर्नेछ । केन्द्रमा जाने सबै आगन्तुकहरूलाई मास्क पनि अनिवार्य लगाउनु पर्नेछ ।

संक्रमण बढेको बढै एकै दिन तीन हजार नजिक

मन्त्रालयका अनुसार बिहीवार २७७९ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये २०५३ समुदायभित्रकै संक्रमित हुन् भने ७२६ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या २ लाख ६० हजार २८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कतारमा ३१७ जना संक्रिमत निको भएका छन् । योसँगै निको हुनेको संख्या पनि २ लाख ४६ हजार ७८४ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कतारमा ६१८ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या १२ हजार ८८१ रहेको छ भने ४३२ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ४२ जनाको आईसीयुमा उपचार भइरहेको छ ।

–योगेन्द्र योगी

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १२ : ५० बजे

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण

आन्दोलनले चिन्ने, सत्ताले नचिन्ने युवाशक्ति

लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट