संक्रमण बढेसँगै कतारको लुसेलमा खुल्यो १० लेनको ड्राइभ थ्रु पीसीआर परीक्षण केन्द्र  « Khabarhub

संक्रमण बढेसँगै कतारको लुसेलमा खुल्यो १० लेनको ड्राइभ थ्रु पीसीआर परीक्षण केन्द्र 


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा ओमिक्रोन भाइरस संक्रमण ह्वात्तै बढेर पीसीआर परीक्षण गर्ने भीड बढेसँगै यहाँको लुसेलमा ड्राइभ थ्रु पीसीआर परीक्षण केन्द्र खुलेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार लुसेल खेलकुद कम्प्लेक्सनजिकै एउटा ड्राइभ-थ्रु कोभिड-१९ परीक्षण केन्द्र खोलिएको जनाएको छ ।

भिड निकै बढेपछि र विदेश यात्रा गर्नुपर्नेले बेलैमा रिपोर्ट पाउन नसक्दा कैयनले उड्न नपाएपछि बिहिबार अपरान्ह ४ बजे देखि लुसेलमा १० लेनको ड्राइभ थ्रु पीसीआर परीक्षण सुविधा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

हरेक दिन बिहान ८ बजेदेखि राति १० बजेसम्म परीक्षण गरिने यो सुविधा केन्द्रमा दैनिक ५ हजार जनाको पीसीआर गर्ने बताइएको छ । कतार सरकारले पीसीआर परीक्षण माग र चाप रहुञ्जेल यो सुविधा जारी राख्ने जनाएको छ ।

केन्द्रमा अन्तिम प्रवेश बेलुकीको ९ बजे हुनेछ। कार नभएकाहरूले ट्याक्सीमा केन्द्रमा जान सक्नेछन् । कतारी आइडी, हेल्थ कार्ड र एह्तरेज एप अनिवार्य हुनु पर्नेछ । केन्द्रमा जाने सबै आगन्तुकहरूलाई मास्क पनि अनिवार्य लगाउनु पर्नेछ ।

संक्रमण बढेको बढै एकै दिन तीन हजार नजिक

मन्त्रालयका अनुसार बिहीवार २७७९ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये २०५३ समुदायभित्रकै संक्रमित हुन् भने ७२६ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या २ लाख ६० हजार २८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कतारमा ३१७ जना संक्रिमत निको भएका छन् । योसँगै निको हुनेको संख्या पनि २ लाख ४६ हजार ७८४ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कतारमा ६१८ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या १२ हजार ८८१ रहेको छ भने ४३२ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ४२ जनाको आईसीयुमा उपचार भइरहेको छ ।

–योगेन्द्र योगी

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १२ : ५० बजे

चितवनका दुवै ओपनर विराटनगरका मर्चेन्टका शिकार 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर

अफगानिस्तान हवाइ आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको दाबी

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले रातभर भएको घातक हवाई हमलाका लागि

महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेका धनगढीका जेन-जीहरू युवासंघबाट कुटिए

धनगढी- सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले

विराटनगरले लियो चितवनको पहिलो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

भोजपुर– बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी