नारायणहिटीलाई ग्रान्ड म्युजियम बनाऔँ भनेँ, केपी ओलीले व्यापारीलाई भाडामा दिए: माधव नेपाल « Khabarhub

नारायणहिटीलाई ग्रान्ड म्युजियम बनाऔँ भनेँ, केपी ओलीले व्यापारीलाई भाडामा दिए: माधव नेपाल


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नारायणहिटी संग्रहालयलाई ग्रान्ड म्युजियम बनाउने प्रस्ताव आफूले अगाडि सारे पनि केपी ओलीले गर्न नदिएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नारायणहिटी संग्रहालयमा कसैलाई पनि व्यापार गर्न नदिने बरु ठूलो म्युजियम बनाऔँ भनेको बताए ।

‘मैले नारायणहिटीमा कुनै पनि पसल नराखौँ भनेको थिएँ, केपी ओलीले गर्न दिएनन्, व्यापारीलाई त्यहाँ रेस्टुरेन्ट खोल्न दिएर भ्रष्टाचारलाई प्रोत्साहन दिने काम गरे,’ उनले भने ।

साथै उनले आफू प्रधानमन्त्री हुँदा वि.सं. २०६६ सालमा काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाकको शुरु गरेको तर केपी ओलीले प्रधानमन्त्री भएपछि त्यसलाई अगाडि बढ्न नदिएको पनि आरोप लगाए ।

उनले भने, ‘५५ मिनेटमा पुग्ने फास्ट ट्रयाक छिटो बनोस्, निजगढ विमानस्थलको काम पनि छिटो शुरु होस् भनेको थिएँ तर केपी ओली प्रधानमन्त्री भएपछि माधव नेपालले शुरु गरेको भन्दै बन्नै दिन्न भनेछन्,’ उनले भने ।

भिडियो:

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  २ : २९ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको