एकै दिन ओलीका तीन सम्बोधन : चुनावपछि एमालेले बहुमतको सरकार बनाउने उद्घोष « Khabarhub

एकै दिन ओलीका तीन सम्बोधन : चुनावपछि एमालेले बहुमतको सरकार बनाउने उद्घोष


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको शुक्रबार जिल्ला अधिवेशन सुरु भएको छ । शुक्रबार दिउँसो संयुक्त रुपमा भर्चुअलमार्फत जिल्ला अधिवेशनको उद्घाटन गरेका अध्यक्ष केपी शर्मा ओलीले त्यसपछि काठमाडौँ र काभ्रेको अधिवेशन उद्घाटन गर्न पुगे ।

करिब चार घण्टामा तीनवटा कार्यक्रममा सम्बोधन गर्दै ओलीले कानून र विधिविपरीत एमालेको सरकार ढालेको र पार्टी फुटाएको आरोप लगाए ।

सत्तारुढ गठबन्धन र गठबन्धनको सरकारलाई प्रतिगामीको संज्ञा दिँदै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गरे ।

तीनवटै सम्बोधनमा एउटै भाषण गरेका ओलीले आफूहरूसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमार्फत पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए ।

‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने, ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’
आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उनले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाए ।

राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उनले सरकार जनताको पक्षमा नरहेको बताए । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भने, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन ।’

सरकार गठनसम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशप्रति उनले खरो टिप्पणी गरे । आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेको बताएका ओलीले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताएका हुन् ।

एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गरे । गठबन्धन र नेकपा ९एकीकृत समाजवादी०प्रति खरो टिप्पणी गरेका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिए ।

एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरेका उनले एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताए ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ५ : २८ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल