एकै दिन ओलीका तीन सम्बोधन : चुनावपछि एमालेले बहुमतको सरकार बनाउने उद्घोष « Khabarhub

एकै दिन ओलीका तीन सम्बोधन : चुनावपछि एमालेले बहुमतको सरकार बनाउने उद्घोष


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको शुक्रबार जिल्ला अधिवेशन सुरु भएको छ । शुक्रबार दिउँसो संयुक्त रुपमा भर्चुअलमार्फत जिल्ला अधिवेशनको उद्घाटन गरेका अध्यक्ष केपी शर्मा ओलीले त्यसपछि काठमाडौँ र काभ्रेको अधिवेशन उद्घाटन गर्न पुगे ।

करिब चार घण्टामा तीनवटा कार्यक्रममा सम्बोधन गर्दै ओलीले कानून र विधिविपरीत एमालेको सरकार ढालेको र पार्टी फुटाएको आरोप लगाए ।

सत्तारुढ गठबन्धन र गठबन्धनको सरकारलाई प्रतिगामीको संज्ञा दिँदै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गरे ।

तीनवटै सम्बोधनमा एउटै भाषण गरेका ओलीले आफूहरूसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमार्फत पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए ।

‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने, ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’
आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उनले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाए ।

राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उनले सरकार जनताको पक्षमा नरहेको बताए । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भने, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन ।’

सरकार गठनसम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशप्रति उनले खरो टिप्पणी गरे । आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेको बताएका ओलीले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताएका हुन् ।

एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गरे । गठबन्धन र नेकपा ९एकीकृत समाजवादी०प्रति खरो टिप्पणी गरेका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिए ।

एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरेका उनले एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताए ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ५ : २८ बजे

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित

मुम्बई- हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई

पाउण्ड २०५ पुग्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा

काठमाडौँ – मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा भएको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १७ गते बिहीबार। वैशाख