इतिहासमा आज : अन्तरिक्षमा मानव यात्रादेखि वायरलेस म्यासेजसम्म | Khabarhub Khabarhub

इतिहासमा आज : अन्तरिक्षमा मानव यात्रादेखि वायरलेस म्यासेजसम्म


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विश्व इतिहासमा फेब्रुअरी ७ मा भएका मुख्य मुख्य विश्व घटना

  • नाटककार, साहित्कार तथा चित्रकार बालकृष्ण समको पनि जन्म जयन्ती हो। उनको जन्म काठमाडौंको ज्ञानेश्वरमा भएको हो। राणा परिवारमा जन्मिएका समलाई साहित्यमा बहुमुखी प्रतिभाका धनी मानिन्छ। उनले आफ्नै पुर्खाहरुको क्रुर शासनको विरोधसमेत गरेका थिए। समले कविता, कथा, नाटक, निबन्ध, प्रबन्ध, जीवनी लगायत धेरै क्षेत्रमा कलम चलाएका छन्। उनका कृतिहरुमा स्वास्नीमान्छे, नालापानीमा, प्रेमपिण्ड, मुटुको व्यथा आदि छन्। उनी गोरखा दक्षिण बाहु, रत्नश्री स्वर्णपदक, त्रिभुवन प्रज्ञा पुरस्कार, साझा, त्रिभुवन विश्वविद्यालय आदि पुरस्कारबाट सम्मानित भएका थिए।
  • नेपाली कवि, भाषासेवी तथा शिक्षाविद् धरणीधर कोइरालाको जन्मजयन्ती हो। उनको जन्म सिन्धुलीको दुम्जामा भएको थियो। उनले दार्जिलिङ्मा शिक्षक भएर तथा फर्पिङको त्रिभुवन आवासीय माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर काम गरे। उनको नैवेध कविता संग्रह, स्पन्दन कविता संग्रह, श्रीमद्भागवत् अनुवाद गरेका छन्। कोइराला २०२२ सालमा त्रिभुवन प्रज्ञा पुरस्कारले सम्मानित भएका थिए। उनको निधन सन् १९८० सालमा भएको हो।
  • सन् १९८४ अर्थात् ३८ वर्ष अगाडि आजको दिन अन्तरिक्षमा पहिलो पटक मानव यात्रा भएको थियो। अन्तरिक्ष यात्री ब्रुस म्याकक्यान्डस्ले ग्यास स्वचालित जेट प्याकको प्रयोग गरेर पृथ्वी भन्दा लगभग ३ सय फिट माथि पुगेर फर्किएका थिए।
  • सन् १९७१ मा आजको दिन स्वीजरल्याण्डका महिलाहरुले मतदानको अधिकार पाएका थिए। स्वीजरल्याण्ड त्यतिबेला महिलालाई मतदानको अधिकार दिने छैठौ राष्ट्र बनेको थियो।
  • सन् १९७४ मा आजको दिन ग्रेनाडाले बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको थियो। तीन सय वर्ष भन्दा बढी बेलायतको औपनिवेशिक शासनपछि ग्रेनाडालेस्वतन्त्रता प्राप्त गरेको हो।
  • सन् १९१५ मा आजको दिन पहिलो वायरलेस म्यासेज चलिरहेको रेलबाट स्टेशनमा पठाइएको थियो।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : २५ बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु