विश्वभर कोरोना निको हुने दर बढ्यो « Khabarhub

विश्वभर कोरोना निको हुने दर बढ्यो


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेसँगै निको हुने दर पनि बढेको छ।

पछिल्लो २३ घण्टामा १८ लाख ५४ हजारमा कोरोना पुष्टि हुँदा १७ लाख ३७ हजार निको भएका कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ।

विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३९ करोड ५७ लाख ९९ हजारभन्दा धेरै भएको छ।

यस्तै निको हुनेको सङ्ख्या ३१ करोड ४५ लाख ९८ हजार पुगेको छ। गत २४ घण्टामा ६ हजार ३ सय सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गु्माउनेको सङ्ख्या ५७ लाख ५८ हजार नाघेको छ।

अझै पनि ५ करोड ५४ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

नेपालको अवस्था के छ ?
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २५१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३८६ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा ८ हजार ७०४ जना निको भएका छन् । सोही अवधिमा ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । देशभर ४५ हजार २४८ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : ३३ बजे

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको