विश्वभर कोरोना निको हुने दर बढ्यो « Khabarhub

विश्वभर कोरोना निको हुने दर बढ्यो


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेसँगै निको हुने दर पनि बढेको छ।

पछिल्लो २३ घण्टामा १८ लाख ५४ हजारमा कोरोना पुष्टि हुँदा १७ लाख ३७ हजार निको भएका कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ।

विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३९ करोड ५७ लाख ९९ हजारभन्दा धेरै भएको छ।

यस्तै निको हुनेको सङ्ख्या ३१ करोड ४५ लाख ९८ हजार पुगेको छ। गत २४ घण्टामा ६ हजार ३ सय सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गु्माउनेको सङ्ख्या ५७ लाख ५८ हजार नाघेको छ।

अझै पनि ५ करोड ५४ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

नेपालको अवस्था के छ ?
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २५१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३८६ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा ८ हजार ७०४ जना निको भएका छन् । सोही अवधिमा ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । देशभर ४५ हजार २४८ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : ३३ बजे

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट