अब कतारबाटै विद्युतीय राहदानी बनाउन सकिने « Khabarhub

अब कतारबाटै विद्युतीय राहदानी बनाउन सकिने


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – अब कतारस्थित नेपाली दूतावासबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । विद्युतीय राहदानी (ई पासपोर्ट) का लागि प्रि इनरोलमेन्ट सुरु भएको दूतावासले जनाएको छ ।

दूतावासले आइतबार एक सूचना जारी गर्दै नेपाली दूतावास दोहाबाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी राहदानी विभाग काठमाडौँबाट सफलतापूर्वक पहिलो विद्युतीय राहदानी (ई पासपोर्ट) तयार भएको जनाएको छ ।

यो सफलतासँगै नेपाली दूतावास दोहा विद्युतीय राहदानी प्रणाली प्रयोगमा ल्याउने पहिलो नेपाली दूतावास बनेको छ । ई पासपोर्ट प्रणाली सफलतापूर्वक सुरुवात भयसँगै आइतबारदेखि नै दूतावासमा ई पासपोर्टका लागि आवेदन प्रि इनरोलमेन्ट बुकिङ खुल्ला गरिएको दूतावासले जनाएको छ ।

ई पासपोर्ट सुरु भएको प्रारम्भिक चरणमा केही सीमित बुकिङ मात्र खुल्ला गरिएको छ । अहिले राहदानीको म्याद सकिएका वा तीन महिना भन्दा कम समय बाकी भएकाहरूले मात्र आवेदन दिन सक्ने दूतावासले जनाएको छ ।

यस्तो छ ई पासपोर्ट आवेदन गर्नका लागि प्रि इनरोलमेन्ट गर्ने तरिका र प्रि इनरोलमेन्ट गर्न चाहिने कागजपत्र :

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : ३१ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ