हिउँले वनपाखा सेताम्यै, पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ « Khabarhub

हिउँले वनपाखा सेताम्यै, पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – पूर्वी नेपालको तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको सीमावर्ती क्षेत्र तिनजुरे मिल्के जलजले (टिएमजे)मा कोही सेल्फी लिँदै त कोही हिउँमा रमाइरहेको पाइन्छ । पर्दै गरेको हिउँमा सयौँ पर्यटकहरू खेल्ने गरेका छन् ।

गुराँसको राजधानीको रूपमा परिचित टिएमजेका वनपाखा सेताम्यै भएर चाँदीझैँ देखिएका छन् । पर्यटकहरूको आगमनले पर्यटन व्यवसायसमेत फस्टाएको छ । पूर्वी तराई तथा भारतको विभिन्न क्षेत्रबाट हिउँ खेल्नकै लागि सयौँ आउने गरेका छन् ।

विशेष गरी यसक्षेत्रमा गुराँस फुल्ने सिजन र हिउँ पर्ने सिजनमा पर्यटकहरूको चाप बढ्ने गरेको छ । विगतका वर्षभन्दा यस वर्ष अत्यधिक हिउँ परेका कारण यहाँको पर्यटन व्यवसाय फस्टाएको छ । कोरोनाका कारण अस्तव्यस्त बनेको पर्यटन व्यवसाय हिउँ पर्न थालेसँगै फस्टाएको पर्यटन व्यवसायीहरूले बताउने गरेका छन्।

जमेको हिउँमा रमाइरहे पनि पर्दै हिउँमा रमाएको पाएको पहिलो पटक भएको तिमी कसको? चलचित्र सुटिङका लागि तिनजुरे पुगेका कलाकार अर्जुन थापाले बताए । उनी भन्छन्- ‘हिउँमा रमाउनु छुट्टै कुरा छ । तर,पर्दै गरेको हिउँमा रमाउनु पाउनु जो कोहीको भाग्यमा हुँदैन । जो मैले अनुभूति गर्न पाएँ ।’

पर्यटकहरूको चापसँगै होटेलहरू भरिभराउ बनेका छन् । पर्यटकहरूको बाक्लो आगमनले होटेल व्यवसायी उत्साहित बनेका छन् । कोरोनाले सुस्ताएको पर्यटन व्यवसाय हिउँ परेपछि फस्टाएको टुटे देउरालीका होटेल व्यवसायी श्री कार्कीले बताए । उनी भन्छन्- ‘हिउँ परेसँगै हाम्रो व्यवसाय फस्टाएको छ । यहाँका आएका पर्यटकहरूलाई धान्न मुस्किल बन्दै आएको छ ।’

हिउँ परेको सुन्नेवित्तिकै पूर्वी तराईबाट पर्यटकहरू साना तथा ठुला सवारी साधन रिजर्भ गरेर आउने गरेका छन्। हिउँ परेसँगै जाडोले यहाँको जनजीवन भने कष्टकर बनेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १ : ०० बजे

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि