इन्स्टाग्राममा रोनाल्डोको चार सय मिलियन फलोअर्स « Khabarhub

इन्स्टाग्राममा रोनाल्डोको चार सय मिलियन फलोअर्स


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका छन् ।

पोर्चुगलका रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औं जन्मदिन मनाएका थिए । इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरको ३०८ मिलियन फलोअर्स छन् ।

सर्वाधिक फलोअर्सको तेस्रो स्थानमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी छन् । मैदान र कीर्तिमानमा सधै चर्को प्रतिस्पर्धा हुने चिर प्रतिद्वन्द्वी मेस्सीको इन्स्टग्राममा ३०६ मिलियन फलोअर्स छन् ।

यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड भित्रिएका रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले पोर्चुगलबाट ११५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

रोनाल्डोले सन् २००२–०३ को सिजनदेखि स्पोर्टिङ लिस्बनबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । त्यस्तै सन् २००३ देखि पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलिरहेका रोनाल्डोले हालसम्म १८४ अन्तर्राष्ट्रिय खेल खेलका छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ४ : ०० बजे

श्रीमतीको खुर्पा प्रहार गरी हत्या, श्रीमान् पक्राउ

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट